two sessions, participants, cpccp
 

काठमाडौँ । चीनका दुई अधिवेशन पूरा भयो । चालु वर्षको सरकारी कार्य प्रतिवेदनमा पश्चिमी भाग, जातीय क्षेत्र, सिमाना क्षेत्रको विकासलाई बढाउने विषय धेरैपटक उल्लेख गरिएको छ । दुई अधिवेशनको अवसरमा अल्पसंख्यक जातीय क्षेत्रबाट आएका राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूले सिमाना तथा जातीय क्षेत्रको विकासबारे सक्रिय रूपमा सुझाव दिएका छन् ।

मंगोलिया जातीय सदस्य एवम् सिनच्याङ पोर्ताला मंगोलिया स्वायत्त प्रिफेक्चरका प्रमुख पादमालाले सिमाना क्षेत्रको आधारभूत प्रबन्धको निर्माणमाथि महत्त्व दिनुभएको छ ।

“केही वर्षयता आलाशान पहाड नाकाको व्यापार रकम १ अर्ब १६ करोड युआन पुगेको छ । यो रकम चीनमा चौथो स्थानमा पर्दछ र वृद्धि गति चीनको पहिलो स्थान छ । तर आलाशान नाकामा अति भिडभाड भएकाले सामानको ढुवानी लागत क्रमशः बढ्दै गएको छ । सिनच्याङको चिङह जिल्लाबाट आलाशान पहाड नाकासम्म ७० किमीको रेलले सामानको ढुवानी मागलाई पूरा गर्न सक्दैन । त्यसैले रेलको विस्तार गर्नुका साथै सिमापार इ-वाणिज्य व्यावसायिक परीक्षण (पाइलट) क्षेत्रको स्थापना गर्ने सुझाव दिन्छु।”

चौधौँ पञ्चवर्षीय योजना र सन् २०३५ दीर्घकालीन योजनाले भविष्यमा पर्यावरणीय सभ्यताको निर्माण र पर्यावरणीय वातावरणको सुरक्षाका लागि दिशा देखाएको छ । सीमा जातीय क्षेत्र चीनको महत्त्वपूर्ण प्राकृतिक पर्यावरणीय तथा पर्यावरणीय सभ्यताको निर्माण र सुरक्षाको लागि महत्त्वपूर्ण क्षेत्र हुन् । युननान प्रान्तीय नू च्याङ लिसु जातीय स्वायत्त प्रिफेक्चरका उपप्रमुख एवम् नू जातीय सदस्य तिङ स्यौह्वाले सिमाना जातीय क्षेत्रको पर्यावरणको सुरक्षाको महत्त्वबारे चर्चा गर्नुभएको छ ।

तिङ स्यौह्वले यसरी भन्नुभयो “नूच्याङ लीसु जातीय स्वायत्त प्रिफेक्चरले काउलिकुङ पहाड राष्ट्रिय प्राकृतिक सुरक्षा क्षेत्रको पाँच भागमा चार भाग ओगटेको छ। वातावरणको सुरक्षामा क्षेत्रीय सरकारका सामु ठुलो दवाव देखापरेको छ । पश्चिमी भागमा जातीय क्षेत्रका लागि पर्यावरणीय क्षतिपूर्तिलाई बढाउने सुझाव दिन्छु।”

अवनख जातीय सदस्य तु मिङयान भित्री मंगोलिया स्वायत्त प्रदेश हुलुनपैर सहरका उपमेयर हुनुहुन्छ । उहाँले भित्री मंगोलियाको पशुपालन विकासबारे ध्यान आकृष्ट गर्नुहुन्छ । उहाँले कृषि तथा ग्रामीण मन्त्रालयसँग प्राकृतिक घाँसे मैदानको सुरक्षालाई बढाउने सुझाव दिनुभएको छ ।

“भित्री मंगोलिया चीनको मासु बैंक मात्र नभई दुधको राजधानी पनि हो । चिनियाँहरूले खाने हरेक पाँच कप दुधमा एक कप भित्री मंगोलियाबाट उत्पादित हो । चीनमा प्राकृतिक घाँस उत्पादन गर्ने घाँसे मैदानमा लगभग एक तिहाइ भित्री मंगोलियाको रहेको छ । घाँसको सुरक्षा हिउँद ऋतुमा पशुपालनका लागि बाँच्ने आधार हो। घाँसको भण्डारण पशुपालकको आधार हो। चीनले निरन्तर लगानी गरेर प्राकृतिक घाँसको उत्पादन गर्ने घाँसे मैदानको उत्पादन क्षमता बढाएर पशुपालकको आम्दानी बढाउने र मासुको सुरक्षा गर्नसक्छ।”

(स्रोतः चिनियाँ अन्तर्राष्ट्रिय रेडियो)