vladimir putin, christina fernandez, mahendra rajapakshe, भ्लादिमिर पुटिन, क्रिश्टिना फर्नान्डेज, महेन्द्र राजापाक्षे,
 

नेपालमा घरीघरी वरीयताको बहस चल्ने गरेको नेपालीहरूले अनुभूति गरेकै हो । कहिले सरकारमा वरीयता बहस, कहिले पार्टीमा वरीयता विवाद, कहिले एक नम्बर – दुई नम्बर अध्यक्षको दाबी कहिले बराबरी अध्यक्षको भागीदारी । चित्त नबुझे अग्रगमन-प्रतिगमनको जुवारी । तर विश्वमा केही यस्ता उदाहरणहरू पनि छन्, जसले वरीयतालाई वास्तै नगरी काम गरेको देखिन्छ ।

क्रिस्टिना फर्नानडेज क्रिस्नर अर्जेन्टिनाकी वर्तमान उपराष्ट्रपति सन्‌ २००७ देखि २०१५ सम्म राष्ट्रपति थिइन्‌ । कार्ल विल्ट सन्‌ १९९१ देखि १९९४ सम्म स्वीडेनका प्रधानमन्त्री थिए । पछि २००६ देखि २०१४ सम्म विदेशमन्त्री रहे । महेन्द्र राजापाक्ष सन्‌ २००५ देखि २०१५ सम्म श्रीलंकामा राष्ट्रपति थिए, अहिले प्रधानमन्त्री छन् । रुसका भ्लाद्मिर पुटिन सन्‌ २००० देखि २००८ सम्म रुसमा राष्ट्रपति थिए, २००८ देखि २०१२ सम्म प्रधानमन्त्री भए र २०१२ देखि हालसम्म राष्ट्रपति छन् । सन १९७२ देखि १९८१ सम्म संयुक्त राष्ट्रसंघका महासचिव रहेका कुर्ट वाल्डहाइम १९८६ देखि १९९२ सम्म अष्ट्रियामा राष्ट्रपति थिए । सन्‌ १९९५ देखि २००२ सम्म पोर्चुगलमा प्रधानमन्त्री रहेका एनटोनियो गुटरेस अहिले संयुक्त राष्ट्रसंघका महासचिव छन् ।

नेपालका गोविन्द दुवाल २०४३ सालमा भक्तपुरबाट राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका थिए, २०५४ सालमा भक्तपुर जिल्ला विकास समितिको सभापति भए र २०७४ सालको निर्वाचनपछि भक्तपुर नगरपालिका वडा नम्बर ६ को वडा सदस्यको रूपमा कार्यरत छन् । नेपालमा उपप्रधानमन्त्री भइसकेका पछि मन्त्री भएकै छन् । मन्त्रीहरू राजदूत भएका लामो लिस्टमात्र होइन, प्रधानमन्त्रीपछि पनि राजदूत भएको नेपाली इतिहास छ ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)