एमसीसी, मिलिनियम च्यालेन्ज कर्पाेरेसन, एमसीसी सम्झौता, एमसीसी, मिलेनियम च्यालेञ्ज कम्प्याक्ट, एमसीसी, Millennium Chhalenge Corporation, MCC
 

नेपाल र नेपालीका शासन सत्ता सञ्चालनाङ्गहरु – सरकार, सदन, शक्ति, संघ-संस्था र संगठनका वरिष्ठहरू हो ! सोच्नोस्, सचेत हुनोस् र संवेदनशील हुनोस् । गम्भीर, होशियार र जिम्मेवार बन्नुहोस् । कतैबाट कसैद्वारा ‘कागले कान लग्यो’ भन्ने हल्ला गर्दैमा आफ्नो कान नसमातेर कागका पछि नहुर्रिऔँ । अन्यथा पछि परिणाममा पूरै पछुताउनु पर्नेछ ।

यथार्थमा यहाँहरुले अहिले पारित गर्ने प्रयास-दुस्प्रयास गरिरहनु भएको अमेरिकी अर्धसरकारी व्यापारिक कम्पनी एमसीसीसँगको सम्झौता सार र समग्रमा यस्तो पो छ है:

१. यसको प्रायोजकका नीति, नेता, नियत र नियति नै बेठिक छन् ।

२. वैचारिक, राजनीतिक, संवैधानिक, कूटनीतिक, आर्थिक, सामरिक र ऐतिहासिक आदि धेरै दृष्टिले बेठिक छ ।

३. यो अनुदान हो कि ऋण हो कि, लगानी हो कि, साझेदारी हो कि, बन्धकी हो कि आफैमा अस्पष्ट, गाँजेमाजे र विवादास्पद छ ।

४. हाम्रो राष्ट्रिय अस्तित्व, स्वत्व, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र स्वाभिमानका साथै शान्ति र समृद्धिलाई समेत ध्वस्त पार्ने दुर्भावनायुक्त नै छ ।

५. यसको परिकल्पना, प्रस्थापना, प्रावधान, प्रयोग र परिणाम पनि प्रिय, पाच्य, परोपकारी, परम्परागत र परिवर्तनीय पनि छँदै छैन ।

६. यो शोषक, उत्पीडक, शासक र घातक आयोजना हो ।

नारायण शर्मा, Narayan Sharma, Kamal Prasad
लेखक

७. यो नेपाल र नेपालीको मात्र होइन विश्व क्रान्ति र विश्व शान्ति घाती, विश्व मुक्ति र विश्व प्रगति घातीका साथै सोझै हाम्रो मित्रराष्ट्र घाती समेत छ ।

८. यो आइपीएसको अङ्ग हो । सैनिक गठबन्धन हो । २१औँ शताब्दीको नयाँ रुपरङ्ग र भावभङ्गिमामा आएको नेटो हो । अमेरिकी सैनिक योजनाको पूर्वाधार हो । यो इष्ट इन्डिया कम्पनी पनि हो र सिधै बिआरआई विरुद्ध समेत घोषित रुपमै परिलक्षित छ ।

९. यो झुट, कुट, फुट, लुट र भुटको लक्ष-उद्देश्य केन्दृत छ ।

१०. यो हेपाहा-मिचाहा, हुकुम-हैकमवादी, हस्तक्षेपकारी र हैरान-परेशानकारी छ ।

११. यो तपाईँ शासकहरुभन्दा माथि, हामी जनता भन्दामाथि, संविधान भन्दामाथि र तपाईँ – हाम्रो सोच, शक्ति, बुद्धि र कल्पनाभन्दा माथि र विपरीत समेत छ ।

१२. यसै भएर त यसलाई मात्रै सदनबाटै पासै गर्नै पर्ने, आउटडेटेड भइसक्दा पनि यो कथित सहयोग दिनै-लिनै पर्ने, लिनेलाईभन्दा दिनेलाई हतारो र चटारो हुने, पारित भएपछि कार्यान्वयन हुनुपर्नेमा पारित नहुँदै कार्यान्वयन गर्नु-गराउनुपर्ने भनिएको छ ।

१३. त्यसैले स्पष्ट होऔँ कि यो एमसीसीसँगको नेपालले गरेको भनिएको सम्झौता अश्वाभाविक, असंवैधानिक, आश्चर्यजनक, रहस्यमय, षड्यन्त्रपूर्ण र अमृतको लेपन लगाइएको विष भरिएको भष्मासुरे चरम्‌ राष्ट्रघाती आयोजना नै हो ।

१४. ल भन्नुहोस् त, यस्तो सर्वघाती एमसीसी परियोजना किन स्वीकार गर्ने र किन खारेज नगर्ने ?

यो एमसीसी सम्झौता संशोधन, सम्बोधन, संकल्प र स्वीकार होइन कि अविलम्ब खारेज नै गरिनुपर्छ ।

यदि यो वास्तविकता बुझ्न र साहस गर्न हाम्रो शासन सत्ता सञ्चालनाङ्गहरु – सरकार, सदन, शक्ति, संघ-संस्था र संगठनका नेता र सदस्यहरुले नसक्ने अर्थात् आफ्नो बुद्धि, विवेक र बलबुताको प्रयोग गर्नेतर्फ केही नसोच्ने र नगर्ने तर खालि दलाली, चाकरी, चाप्लुसी र हजुरी गरेर हसुरी मात्रै रहने हो भने हामी सार्वभौम र शक्तिशाली समुदाय र समाजले सचेत, संवेदनशील, सुसंगठित, एकताबद्ध, गम्भीर र जिम्मेवार भएर सोच्ने, घोच्ने, झोस्ने र ठोस्ने गरेर खारेज नै गर्नु-गराउनुको विकल्प छैन । चेतना र साहस भया !?

(लेखक एमसीसी खारेज अभियानका संयोजक हुनुहुन्छ ।)