mitramani acharya, मित्रमणि आचार्य
 

आजभन्दा ३८ वर्ष अगाडि २०४० साल चैत १९-२३ मा भारतको गोरखपुरमा मेरो अध्यक्षतामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको आठौँ राष्ट्रिय सम्मेलन भएको थियो । त्यो सम्मेलनले २१ सदस्यीय नयाँ कार्यसमिति बनाएको थियो जसमा:

अध्यक्ष – देव गुरुङ
उपाध्यक्ष – हिमालचन्द्र गौतम र लेखनाथ पोखरेल
महासचिव – रमन श्रेष्ठ
सचिव – कृष्ण सेन
कोषाध्यक्ष – यदु गौतम
सदस्यहरू – मित्रमणि आचार्य, विष्णु दाहाल, रामअवतार यादव, घनश्याम पाठक, भरत दाहाल, नरबहादुर अधिकारी, ताराकान्त पाण्डेय, विमला पन्त, दिपक महत, प्रकाशचन्द्र शर्मा, यज्ञ घिमिरे, मातृका यादव, लेखराज भट्ट, कृष्णबहादुर महरा र शान्ता ढकाल निर्वाचित भएका थिए ।

भरत पोखरेल, bharat pokharel, economist, tu, professor, भरत पोखरेल
लेखक

सम्मेलन समापनपछि नयाँ जोस र उमंगका साथ ६१ जिल्लाका ४०० जति सहभागीहरू आ-आफ्नो कार्यक्षेत्रमा फर्किए । प्युठान घर भएका मित्रमणि चितवनको रामपुर कृषि क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति थिए ।

अनेरास्ववियुको केन्द्रीय सदस्य तथा स्ववियुको सभापतिको उनीमाथि दोहोरो जिम्मेवारी थियो । मित्रमणि चितवनमा सघन रूपले संगठन निर्माणमा सक्रिय भए । संगठन निर्माणकै क्रममा २०४२ साल वैशाख १८ गते मित्रमणिले चितवनको पर्साढापमा सहादत प्राप्त गरे । उनको हत्यामा नेपाली काँग्रेसको भातृसंगठन नेविसंघ सरिक थियो । अफसोच्‌ आज चितवनमा मित्रमणिको विरासत बोकेको बहाना गर्नेहरू र काँग्रेसको सहकार्यमा स्थानीय सरकार सञ्चालनमा छ ।

धेरैले उधृत गर्ने गरेको अब्राहम लिङ्कनको भनाइ: तिमीले केही मानिसलाई सधैँ मूर्ख बनाउन सक्छौ, धेरैलाई थोरै समय मूर्ख बनाउन सक्छौ तर तिमीले धेरैलाई सधैँ मूर्ख बनाउन सक्दैनौ ।

डेभिड एस. ल्यान्डसको चर्चित पुस्तक ‘द वेल्थ एन्ड पोभर्टी अफ नेसन्स’ मा उद्धरण फरक उठेको छ: तिमीले थोरै व्यापारीलाई केही समय मूर्ख बनाउन सक्छौ, राजनीतिज्ञहरूलाई लामो समय मूर्ख बनाउन सक्छौ र मतदाताहरूलाई सधैँ मूर्ख बनाउन सक्छौ ।

विश्वमा अहिले पनि मतदाताहरू मूर्ख बनिरहेका छन् र मित्रमणिहरूको सहादतको अवमूल्यन भएको छ । मतदाताहरूले मदन भण्डारीको हत्याराको पहिचान कहिले पाउने, वीरेन्द्र वंशनासको पत्ता कसले लाउने, फणिन्द्र, शिव, मित्रमणिका हत्याराहरूलाई कहिले कार्यवाही हुने कि मतदाता सधैँ मूर्ख बनिरहने ? मित्रमणि सहादतको आज ३६ औँ वर्ष । श्रद्धाञ्जली मित्रमणि ।

यो पनि पढ्नुहोस्ः

क. मित्रमणि आचार्यः एक जुझारू क्रान्तियोद्धा

यसरी भएको थियो क. मित्रमणि आचार्यको हत्या ?

(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)