काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले फिलिपिनी किसान आन्दोलन (केएमपी) का महान् नेता क. जोसेफ क्यान्लसको प्रहरी हिरासतमा रहेको अवस्थामा कोभिड–१९ का कारण मृत्यु भएकोमा दुःख व्यक्त गर्दै उहाँको झुठा मुद्दाका आधारमा गरिएको उहाँको गिरफ्तारी, उहाँलाई दिइएको यातना र समयमै उपचारका लागि गरिएको बेवास्ताप्रति भर्त्सना गर्दै जोसेफ क्यान्लसका लागि न्यायको माग गरेको छ । नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष क. चित्रबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा, “हामी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), गिरफ्तार गरी झुठा मुद्दामा फसाइनु भएका महान् फिलिपिनी किसान नेता क. जोसेफ क्यान्लसको वन्दी अवस्थामै संक्रमण भएको कोभिड–१९ का कारणले जीवन गुमाउन बाध्य हुनु भएकोमा अत्यन्तै दुःख व्यक्त गर्दछौँ ।”
“कमरेड जेसीका नामले समेत परिचित फिलिपिनी किसान आन्दोलन (केएमपी) का उपाध्यक्ष क. जोसेफ क्यान्लस सेन्ट्रल लुजनका गरिब किसानहरूको बिचमा मात्र नभई सिंगो फिलिपिन्सका शान्ति तथा न्यायप्रेमी जनताको बिचमा अन्त्यन्तै लोकप्रिय हुनुहुन्थ्यो,” विज्ञप्तिमा उल्लेख छ ।
५९ वर्षका कमरेड जेसी मई ११ को बिहान कोभिड–१९ का जटिलताका कारणले जीवन गुमाउनु भयो । उहाँलाई श्वासप्रश्वासमा कठिनाइका साथै कोभिडका विभिन्न लक्षणहरू देखिएपछि गएको शनिवारसाँझ जोसे बी. लिङाद स्मृति अस्पतालको सघन उपचार कक्षमा लगिएको थियो ।
क. जोसेफ क्यान्लसको औषधोपचारमा देखाइएको बेवास्ताप्रति कडा शव्दमा भर्त्सना गर्दै विज्ञप्तिमा भनिएको छ, “हामी उहाँको डुटेर्टे प्रशासनद्वारा गरिएको गैरन्यायिक गिरफ्तारी, हिंसा र झुठा मुद्दामा फसाउने कार्यका साथै फिलिपिनी किसानहरूले आफ्ना सर्वप्रतिष्ठित नेताहरूमध्ये एक किसान नेता गुमाउनु बाध्य हुने गरी उहाँलाई तत्काल अत्यावश्यक औषधोपचारको सेवा उपलब्ध गराउन देखाइएको अमानवीय बेवास्ताप्रति कडा शव्दमा भर्त्सना गर्दछौँ ।”
संगठनको तर्फबाट “हामी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) र क्रान्तिकारी नेपाली किसानहरूको तर्फबाट, कमरेड जेसीका परिवारजन, उहाँकी श्रीमती मर्सी क्यान्लस, उहाँका सहयोद्धा साथीहरू, फिलिपिनी किसान आन्दोलन (केएमपी), फिलिपिन्सका न्यायप्रेमी किसानहरू तथा देशभक्त जनसमुदायका साथै उहाँले विनाशर्त सेवा गरेका अन्तर्राष्ट्रिय आन्दोलनहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौँ” भन्दै समवेदना प्रकट गरिएको छ ।
विज्ञप्तिमा फिलिपिन्समा भइरहेको गैरन्यायिक हत्याको विरोध गर्दै “हामी कमरेड जेसीसहित गैनकानुनी तरिकाले हत्या गरिएका सम्पूर्ण जनसमुदाय र अभियन्ताहरूको पक्षमा न्यायका लागि जोडदार माग गर्दछौँ” भनिएको छ ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले फिलिपिन्समा भइरहेको किसानहरू तथा जनसमुदायको संघर्षमा ऐक्यबद्धता जनाउँदै, “हामी केएमपी, फिलिपिन्सका किसानहरू र जनसमुदायले भूमि, शान्ति, न्याय र लोकतन्त्रका लागि गरिरहेको संघर्षमा न्यानो ऐक्यबद्धता जाहेर गर्दछौँ । कमरेड जेसी हामी तपाईँलाई सम्झिरहने छौँ” भनिएको छ ।
क. जोसेफ क्यान्लसको स्मृतिमा मई १३ मा फिलिपिन्समा आयोजित कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का स्थायी समिति सदस्य तथआ विदेश विभागका प्रमुख एवम् जनसंघर्षको अन्तर्राष्ट्रिय मोर्चा (इन्टरनेसलन लिग अफ पिपुल्स स्ट्रगल) अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य क. नहेन्द्र खड्काले भिडियो सन्देश मार्फत् सम्बोधन गर्नुका साथै अनलाइन उपस्थिति जनाउनु भएको थियो ।
वक्तव्यको पूर्ण पाठ (अनुवाद):
जोसेफ क्यान्लसलाई न्याय देऊ ! किसानहरूको हत्या बन्द गर !
हामी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), गिरफ्तार गरी झुठा मुद्दामा फसाइनु भएका महान् फिलिपिनी किसान नेता क. जोसेफ क्यान्लसको वन्दी अवस्थामै संक्रमण भएको कोभिड–१९ का कारणले जीवन गुमाउन बाध्य हुनु भएकोमा अत्यन्तै दुःख व्यक्त गर्दछौँ ।
कमरेड जेसीका नामले समेत परिचित फिलिपिनी किसान आन्दोलन (केएमपी) का उपाध्यक्ष क. जोसेफ क्यान्लस सेन्ट्रल लुजनका गरिब किसानहरूको बिचमा मात्र नभई सिंगो फिलिपिन्सका शान्ति तथा न्यायप्रेमी जनताको बिचमा अन्त्यन्तै लोकप्रिय हुनुहुन्थ्यो ।
५९ वर्षका कमरेड जेसी मई ११ को बिहान कोभिड–१९ का जटिलताका कारणले जीवन गुमाउनु भयो । उहाँलाई श्वासप्रश्वासमा कठिनाइका साथै कोभिडका विभिन्न लक्षणहरू देखिएपछि गएको शनिवारसाँझ जोसे बी. लिङाद स्मृति अस्पतालको सघन उपचार कक्षमा लगिएको थियो ।
हामी उहाँको डुटेर्टे प्रशासनद्वारा गरिएको गैरन्यायिक गिरफ्तारी, हिंसा र झुठा मुद्दामा फसाउने कार्यका साथै फिलिपिनी किसानहरूले आफ्ना सर्वप्रतिष्ठित नेताहरूमध्ये एक किसान नेता गुमाउनु बाध्य हुने गरी उहाँलाई तत्काल अत्यावश्यक औषधोपचारको सेवा उपलब्ध गराउन देखाइएको अमानवीय बेवास्ताप्रति कडा शव्दमा भर्त्सना गर्दछौँ ।
हामी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) र क्रान्तिकारी नेपाली किसानहरूको तर्फबाट, कमरेड जेसीका परिवारजन, उहाँकी श्रीमती मर्सी क्यान्लस, उहाँका सहयोद्धा साथीहरू, फिलिपिनी किसान आन्दोलन (केएमपी), फिलिपिन्सका न्यायप्रेमी किसानहरू तथा देशभक्त जनसमुदायका साथै उहाँले विनाशर्त सेवा गरेका अन्तर्राष्ट्रिय आन्दोलनहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।
हामी कमरेड जेसीसहित गैनकानुनी तरिकाले हत्या गरिएका सम्पूर्ण जनसमुदाय र अभियन्ताहरूको पक्षमा न्यायका लागि जोडदार माग गर्दछौँ । हामी केएमपी, फिलिपिन्सका किसानहरू र जनसमुदायले भूमि, शान्ति, न्याय र लोकतन्त्रका लागि गरिरहेको संघर्षमा न्यानो ऐक्यबद्धता जाहेर गर्दछौँ । कमरेड जेसी हामी तपाईँलाई सम्झिरहने छौँ ।
जोसेफ क्यान्लसलाई न्याय देऊ !
किसानहरूको हत्या बन्द गर !
कमरेड जेसी अमर रहुन् !
फिलिपिनी किसान आन्दोलन (केएमपी) जिन्दावाद !
फिलिपिनी जनताको संघर्ष जिन्दावाद !
अन्तर्राष्ट्रिय किसान ऐक्यबद्धता जिन्दावाद !
क्रान्तिकारी अभिवादन तथा ऐक्यबद्धतासहित ।
चित्रबहादुर श्रेष्ठ
अध्यक्ष