काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले लकडाउनको समयमा समेत संगठन निर्माणको अभियानलाई अघि बढाउँदै प्रवासमा पार्टी संगठनको पुनर्गठन र विस्तारको कामलाई तीव्रता दिएको छ ।
नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य क. जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न पार्टीको अन्तर्राष्ट्रिय समन्वय समितिको विस्तारित बैठकले पार्टीको विदेश विभाग अन्तर्गत प्रवासका विभिन्न जिम्मेवारीहरू प्रदान गर्ने निर्णय गरेको हो ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष क. युवराज चौलागाईँको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको नयाँ जिम्मेवारी अन्तर्गत नेपाली जनप्रगतिशील मञ्चको मध्यपूर्वको क्षेत्रीय संयोजकमा क. शनिकुमार ओली (कतार) र सचिवमा क. हरि नेपाली (युएई) लाई चयन गरेको छ भने एसिया-प्रशान्त क्षेत्रीय संयोजकमा क. हर्क थापा (जापान) र सचिवमा क. रमेश तिवारी (मलेसिया) रहनुभएको छ ।
अन्य क्षेत्रीय समितिहरूको बारेमा पार्टीमा छलफल भइरहेको र छिट्टै गठन हुने कुरा समितिका अध्यक्ष क. युवराज चौलागाईँले बताउनु भयो ।
जनप्रगतिशील मञ्चको मध्यपूर्व क्षेत्रीय समितिका सदस्यहरूमा क. प्रेमकुमार विश्वकर्मा (कतार), क. जेबी राई (कतार), क. निर्मल शाही (साउदी अरब), क. पदम अर्याल (ओमन), क. जीवन श्रेष्ठ (बहराइन) चयन हुनुभएको छ । मध्यपूर्व क्षेत्रीय समितिमा त्यस क्षेत्रका सबै देशका समितिका अध्यक्षहरू पदेन सदस्यको रूपमा स्वतः रहने कुरा क्षेत्रीय संयोजक क. शनिकुमार ओलीले लेफ्ट रिभ्यु अनलाइनलाई बताउनु भयो ।
नेपाली जनप्रगतिशील मञ्चको मध्यपूर्व क्षेत्रअन्तर्गतका देशहरूमध्ये कतारमा अध्यक्षमा क. रकमध्वज राई र सचिवमा क. मोहन कार्की, युएईमा अध्यक्ष क. बाबुराम विश्वकर्मा र सचिवमा क. रविरमण अधिकारी, साउदी अरबको अध्यक्षमा क. शिवराज जैसी र सचिवमा क. रामचन्द्र वाग्ले चयन हुनुभएको छ भने ओमनको अध्यक्षमा क. उमेश विश्वकर्मा र सचिवमा क. पूर्ण विश्वकर्मा, बहराइनको अध्यक्षमा क. युवराज केसी र सचिवमा क. कमल घिमिरे, कुवेतको अध्यक्षमा क. मनबहादुर भुजेल (मनु मगर) र सचिवमा क. राजन श्रेष्ठ, इजरायलको अध्यक्षमा क. अनिरुद्र शर्मा र सचिवमा क. दिपेन गुरुङ रहनेगरी निर्णय भएको छ ।
एसिया-प्रशान्त क्षेत्र अन्तर्गत नेपाली जनप्रगतिशील मञ्च, मलेसियाको अध्यक्षमा क. प्रेम पाण्डे र सचिवमा क. रूपधन घर्ती चयन हुनुभएको छ ।
लेफ्ट रिभ्यु अनलाइनसँग अनलाइन कुराकानी गर्दै मध्यपूर्वका क्षेत्रीय संयोजक क. शनिकुमार ओलीले विश्वभर नेकपा (माओवादी केन्द्र) का लाखौँ कार्यकर्ता तथा समर्थकहरू संगठित वा असंगठित रूपमा रहेको र उनीहरूलाई माओवादी केन्द्रमा गोलबन्द गर्दै सम्पूर्ण प्रवासी नेपालीहरूको समस्या समाधानमा एकजुट भएर लाग्ने कुरा बताउनुभयो ।