रामवृक्ष यादव, Shahid, Ram Briksha Yadav
 

“पेरूमेँ लाल झण्डा फहराई रे कोई माने नमाने !
महान नेता क. गोञ्जालो पार्टी गठन कईले चम्किलो बाटो !!
जनसेना कईले तैयार रे कोई माने न माने !!
– महान अमर सहिद क. रामवृक्ष यादव ‘मास्टर साहेब’ ।

भोलि भदौ २ गते । धनुषाको बर्मझियामा जन्मिनुभएका महान अमर सहिद सिङ्गो कम्युनिस्ट आन्दोलनको एक हिस्सा, मधेसको ताराको रूपमा चिनिने आरदणीय सहिद क. रामवृक्ष यादव ‘मास्टर साहेब’ को २७औँ सहादत दिवस हो । प्रत्येक वर्ष पार्टीको केन्द्रीय आयोजनामा हुने श्रद्धाञ्जली कार्यक्रम यसपालि वैश्विक महामारीको कारणले विकेन्द्रित रूपमा मनाउने अर्थात देशैभरि आ-आफ्ना जिल्ला, नगर, गाउँमा, पार्टी कार्यालयहरूमा मनाइने भएको छ ।

घनश्याम प्रसाद रजक, ghanshyam prasad rajak
लेखक

स्मरण रहोस्, महान अमर सहिद क. रामवृक्ष यादव (मास्टर साहेब) को एक्लो छोरा क. शेखर यादव, छोरीज्वाइँ क. डमर यादवको जनयुद्धको क्रममा सहादत भयो भने उहाँको धर्मपत्नी तथा संविधान सभा सदस्य क. रामकुमारी यादवको ग्यास सिलिन्डर बिस्फोट भई मृत्यु भएको थियो । आज उहाँका सन्तानको रूपमा चारजना छोरीहरू हुनुहुन्छ । र, उहाँहरूमध्ये दुईजना छोरी अहिले पनि नेकपा (माओवादी केन्द्र ) को नेतृत्व पंक्तिमा हुनुहुन्छ । महान अमर सहिद क. रामवृक्ष यादव, क. रामकुमारी यादव, क. शेखर यादव, क. डमर यादवसहित देशैभरिको सम्पूर्ण ज्ञात-अज्ञात महान सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

आजको यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, संघीयता, समानुपातिक, धर्मनिरपेक्षता, सामाजिक न्याय एवम् जे-जति आजसम्मका उपलब्धिहरू प्राप्त भएका छन्, यिनै महान् अमर सहिदहरूको उच्च बलिदानीबाट भएको हो, कसैले दया-माया गरेर, दान-बक्सिस वा भेट-आाशिर्वाद, वा दाइँजोसरि आएको होइन । आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अमूल्य रगतबाट साटेर आएको हो भने सबै नेता कार्यकर्तालाई हेक्का रहोस् । आाज कैयौँ परिवार महान् जनयुद्धको भट्टीमा जीवनोत्सर्ग गरिसकेको छ । हजारौँ हजार बलिदानका श्रृंखलाहरू हाम्रो अगाडि सदैव प्रश्न बनेर देखापरिरहेको हुन्छ ।

त्यसकारण सम्पूर्ण अग्रज नेता सहकर्मी साथीहरू, आज प्रतिबद्धता गरौँ कि महान् अमर सहिदहरूले देखाउनु भएको बाटोमा सचेततापूर्वक अगाडि बढनेछौँ । अनि, मात्र महान अमर सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । कम्युनिस्ट पार्टीको सदस्यको हैसियत रहने छ । फेरि पनि प्रतिबद्धतासहितको श्रद्धाञ्जली । हार्दिक श्रद्धाञ्जली ।।

क. रामवृक्ष यादव, क. राम कुमारी यादव, ram briksha yadav, ram kumari yadav
क. रामवृक्ष यादव र क. राम कुमारी यादव

(लेखक नेकपा (माओवादी केन्द्र) का युवा नेता हुनुहुन्छ।)