काठमाडौँ । जनवादी गणतन्त्र चीनको राज्य परिषदले आज डिसेम्बर ४ मा चीनको लोकतन्त्रसम्बन्धी श्वेत पत्र सार्वजनिक गरेको छ।
चिनियाँ श्वेत पत्रमा चीनको लोकतन्त्रको अवधारणा, प्रणाली, अभ्यास, उपलब्धिबारे जानकारी समेटिएको छ । उक्त श्वेतपत्रले लोकतन्त्र समस्त मानवजातिको साझा मूल्य भएको र चिनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ जनता अडिग रहिरहेको महत्त्वपूर्ण विचार हो भन्दै चीनको लोकतन्त्र नै जनताको लोकतन्त्र रहेको उल्लेख गरेको छ। जनता देशको मालिक हुनु नै चीनको लोकतन्त्रको सार र केन्द्र रहेको कुरालाई श्वेतपत्रले जोड दिएको छ।
चीनले जारी गरेको श्वेत पत्रका अनुसार, कुनै मुलुकको राजनीतिक प्रणालीमा लोकतन्त्र प्रभावकारी छ कि छैन भन्नेबारे मूल्याङ्कन गर्न राष्ट्रिय नेता समूहको कानुनबमोजिम व्यवस्थित परिवर्तन हुन सक्छ कि सक्दैन, समस्त जनताले कानुनबमोजिम राष्ट्रिय तथा सामाजिक मामिलाको व्यवस्थापन गर्न सक्छन् कि सक्दैनन्, सर्वसाधारणले अधिकार आवश्यकताको सुचारू रूपमा अभिव्यक्त गर्नसक्छन् कि सक्दैनन्, समाजका विभिन्न क्षेत्र तथा राष्ट्रिय राजनीतिक जीवनमा प्रभावकारी रूपमा संलग्न हुन सक्छ कि सक्दैन, विभिन्न पक्षका दक्ष न्याय प्रतिस्पर्धामार्फत राष्ट्रिय नेता र व्यवस्थापन प्रणालीमा संलग्न हुनसक्छन् कि सक्दैनन्, शासक दलले संविधान अनुसार राष्ट्रिय व्यवस्थापन गर्नसक्छ कि सक्दैन भन्ने कुरा हेर्नुपर्छ।
श्वेत पत्रले लोकतन्त्र विभिन्न मुलुकका जनताको अधिकार हो तर कुनै मुलुकको सर्वाधिकार मात्र होइन भन्ने कुरा दोहोर्याएको छ।
(चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको सहयोगमा)