काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) वागमती प्रदेशको ऐतिहासिक दोस्रो प्रदेश भेला नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार तथा पूर्व कृषि विकास मन्त्री क. हरिबोल गजुरेलको प्रमुख आतिथ्यमा २०७९ चैत्र ३० गते काठमाडौँको पेरिसडाँडामा भव्यरूपमा सम्पन्न भयो । भेलाले क. रामप्रसाद दाहाल (ललितपुर) को अध्यक्षतामा सर्वसम्मतिबाट महासंघको १५१ सदस्यीय वागमती प्रदेश समिति निर्वाचित गर्यो ।
भेलाद्वारा निर्वाचित प्रदेश समितिका उपाध्यक्षहरूमा क. रामहरि सुवेदी (मकवानपुर), क. नवराज लुइँटेल (धादिङ), क. झलक लामिछाने (काभ्रेपालाञ्चोक), क. बोधबहादुर चौलागाईँ (रामेछाप), क. मंगला तिमिल्सिना (काठमाडौँ), सचिवमा क. हरिशरण बरुवाल (काठमाडौँ), सहसचिवमा क. मयुरकृष्ण श्रेष्ठ (ललितपुर), क. रामचन्द्र नेपाल (मकवानपुर), क. भगीरथ तिमिल्सिना (चितवन) र कोषाध्यक्षमा क. अञ्जुमाया श्रेष्ठ (काठमाडौँ) लाई निर्वाचित गरेको छ ।
महासंघको वगमती प्रदेश समितिका सदस्यहरूमा क. आत्माराम थापा (ललितपुर), क. अर्जुनकुमार थापा (ललितपुर), क. राजु महर्जन (ललितपुर), क. सुमित्रा भुजेल (ललितपुर), क. लक्ष्मीसिंह महर्जन (ललितपुर), क. पार्वती चापागाइँ (काठमाडौँ), क. रत्नलाल श्रेष्ठ (काठमाडौँ), क. सरस्वती सुनार (काठमाडौँ), क. उत्तम दाहाल (काठमाडौँ), क. मोहन दाहाल (काठमाडौँ), क. बालकुमारी वाग्ले (काठमाडौँ), क. सनिस लगेजु (भक्तपुर), क.देवीबहादुर थापा उज्ज्वल (भक्तपुर), क. हरिबहादुर केसी (भक्तपुर), क. नारायण कुँवर (चितवन), क. केदार अधिकारी (चितवन), क. आनन्द न्यूरे (चितवन), क. शालिकराम पौडेल (चितवन), क. गीता बर्तौला (चितवन), क. किशोर बगाले (चितवन), क. हेम अमगाइँ (चितवन), क. शिशिर श्रेष्ठ (चितवन), क. गुणराज श्रेष्ठ (चितवन), क. यज्ञ प्रसाद तिमिल्सिना (मकवानपुर), क. विजय भ्लोन (मकवानपुर), क. रेवती दाहाल (मकवानपुर), क. भगवती माझी (मकवानपुर), क. पूर्णप्रसाद पुडासैनी ‘केदार’ (नुवाकोट), क. भक्तबहादुर बस्नेत (धादिङ), क. हेमराज भुजेल (धादिङ), क. भरत कोइराला (धादिङ), क. चेलीमाया तामाङ (धादिङ), क. श्यामराज कँडेल (नुवाकोट), क. शर्मिला उप्रेती (नुवाकोट), क. गोविन्द पौडेल (रसुवा), क. मेघराज ढकाल ‘प्रकाश’ (रसुवा), क. शिवप्रसाद ढकाल (काभ्रेपलाञ्चोक), क. हरिप्रसाद तिम्सिना (काभ्रेपलाञ्चोक), क. जगनिधि चौलागाईँ (काभ्रेपलाञ्चोक), क. उद्धवप्रसाद न्यौपाने ‘भीषण’ (सिन्धुपाल्चोक), क. रीता रिमाल ‘सिर्जना‘ (दोलखा), क. भरथ ढुंगेल (दोलखा), क. डोल्मा थामी (दोलखा), क. रिद्धिनारायण श्रेष्ठ (रामेछाप), क. लक्ष्मी बरुवाल (रामेछाप), क. नारायणदेव श्रेष्ठ (सिन्धुली), क. रेवती दाहाल (सिन्धुली), क. महेन्द्र पौडेल (चितवन), क. भीमबहादुर कुँवर (चितवन), क. कुमार सुवेदी (चितवन), क. रामनाथ त्रिपाठी (चितवन), क. नरनारायण कँडेल (चितवन), क. साधुराम दाहाल (काभ्रेपलाञ्चोक, कुखुरापालक), क. कोपिला श्रेष्ठ (काभ्रेपलाञ्चोक), क. मेलबहादुर लामा (काभ्रेपलाञ्चोक), क. झलक भुजेल (मकवानपुर), क. सरिता नेगी (मकवानपुर), क. राधिका छत्कुली (मकवानपुर), क. रामसिंह गोले (मकवानपुर), क. रेशम बाइवा (मकवानपुर), क. दधिराम पराजुली (सिन्धुपाल्चोक), क. पुण्यप्रसाद आचार्य (सिन्धुपाल्चोक), क. मैती लामा (सिन्धुपाल्चोक), क. जोवन तामाङ (भक्तपुर), क. सुविता फुँयाल (भक्तपुर), क. सुरेन्द्र लामा (भक्तपुर), क. टेकबहादुर थापा (सिन्धुली), क. रञ्जना पुलामी (सिन्धुली), क. ठाकुर दाहाल (सिन्धुली), क. दाबा छेदेन तामाङ (रसुवा), क. सरस्वती पौडेल (रसुवा), क. लाक्पा शेर्पा (दोलखा), क. शान्ता कार्की (दोलखा), क. सरस्वती घिमिरे (ललितपुर), क. रुद्र चौलागाईँ (ललितपुर), क. रामशरण घिमिरे (ललितपुर), क. खोम प्रसाद दाहाल (ललितपुर), क. हरिमाया घिमिरे (ललितपुर), क. दिलबहादुर गौतम (काठमाडौँ), क. मचाभाइ महर्जन (काठमाडौँ), क. मिनबहादुर घिमिरे (काठमाडौँ), क. सलिना श्रेष्ठ (काठमाडौँ), क. ठाकुरनाथ धिताल (काठमाडौँ), क. अर्जुनबहादुर भुजेल (धादिङ), क. दिलबहादुर विसुराल (धादिङ), क. गोविन्द कुमारी रिमाल (नुवाकोट), क. शंकर ढुंगाना (नुवाकोट), क. गुणबहादुर श्रेष्ठ (रामेछाप), क. देविन्द्रकुमार मानन्धर (रामेछाप), क. पुण्यराम मक (भक्तपुर), क. युवराज तिमिल्सिना (सिन्धुली), क. सीता पाण्डे (दोलखा), क. रामकृष्ण फुँयाल (नुवाकोट), क. मीरा कार्की चौहान (रामेछाप), क. महेश्वर लामिछाने (नुवाकोट), क. सरस्वती पौडेल (चितवन), क. ध्रुव घिमिरे (ललितपुर), क. मनमाया मगर (धादिङ), क. दण्डमाया रोका (चितवन), क. राजेन्द्र लामा (मकवानपुर), क. ढालबहादुर खड्का (दोलखा, ), क. प्रल्हाद दाहाल (ललितपुर, चिया), क. नेत्र आले (चितवन, माछा), क. कमल राउत (सिन्धुली, खाद्यबाली), क. विष्णु सापकोटा (चितवन, कृषि वन), क. कर्णबहादुर बराइली (काठमाडौँ, भूमिहीन दलित), क. सानुकाजी श्रेष्ठ (काठमाडौँ, जडिबुटी), क. मेघबहादुर मोक्तान (काभ्रे, पुष्प तथा नर्सरी) निर्वाचित हुनुभएको छ । भेलाले १५१ सदस्यमध्ये ११९ जना चयन गरेको छ भने रिक्त पदहरूमा पछि मनोनयन गरिने कुरा प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष क. रामप्रसाद दाहालले जानकारी गराउनुभयो ।
भेलालाई नेकपा (माओवादी केन्द्र)का उपमहासचिव, प्रधानमन्त्रीज्यू प्रमुख राजनीतिक सल्लाहकार तथा पूर्व कृषि विकास मन्त्री क. हरिबोल गजुरेल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का फ्य्राक्सन इञ्चार्ज तथा पूर्व वन तथा वातावरण मन्त्री क. सुनीलकुमार मानन्धर, महासंघका अध्यक्ष, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा राष्ट्रिय किसान आयोगका पूर्व अध्यक्ष क. चित्रबहादुर श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ केन्द्रीय सदस्य तथा प्रदेश जनवर्गीय संगठन इञ्चार्ज क. सूर्य सुवेदी ‘पथिक’, महासंघका उपाध्यक्ष क. अगस्त अधिकारी र क. श्रीगोविन्द महर्जन, महासंघका महासचिव तथा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष क. नहेन्द्र खड्का, महासंघको केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष तथा सहकारी विकास बोर्डका सदस्य क. ईश्वरी पाण्डे लगायतका वक्ताहरूले सम्बोधन गर्नुभएको थियो ।
भेलाको अध्यक्षता अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का सचिव तथा प्रदेश संयोजक क. रामप्रसाद दाहालले गर्नुभएको थियो भने सञ्चालन प्रदेश सहसंयोजक क. हरिशरण बरुवालले गर्नुभएको थियो । प्रदेश सहइञ्चार्ज क. रामहरि सुवेदीले स्वागत मन्तव्य राख्नुभएको भेलामा सबै जिल्लाहरूको तर्फबाट रिपोर्ट प्रस्तुत गरिएको थियो । भेलाले प्रदेश संयोजक क. रामप्रसाद दाहालले प्रदेश समितिको तर्फबाट प्रस्तुत गर्नुभएको आगामी कार्ययोजनासहितको राजनीतिक तथा सांगठानिक प्रतिवेदन सुझावसहित अनुमोदन गरेको थियो ।