shyam prasad sharma, श्यामप्रसाद शर्मा
 

१. जनवादी केन्द्रीयताको दह्रोसँग रक्षा गर्न समयमा नै रिपोर्ट दिने र निर्देशन लिने कामलाई सबै तहमा नियमित र दृढ पार्ने।

२. माथि आफ्नो तह र तल गरी तीनै तहसँग (खास गरी हाम्रो काम बढेका ठाउँहरूमा) नियमित सम्पर्कका लागि दोहोरो र विकल्प समेतका माध्यमहरू बनाउने।

३. निर्देशन र निर्णयहरू राम्ररी लागु गर्ने अग्रगामीहरूबाट सहायकहरूको नियुक्ति गरेर कमिटीहरूले आ-आफ्नो कार्यालय चलाउने।

४. मातहतमा भएका कमिटीहरूलाई र व्यक्तिहरूलाई दर्ता गर्ने, कसीअनुसार जाँची उनीहरूको नवीकरण गर्ने र क्षेत्र, संस्था तथा विषयहरूको आधारमा उनीहरूको गठन पुनर्गठन गर्ने।

५. आफ्नो सम्पूर्ण शक्ति थाहा पाइने गरी पुरानो वर्षका उपलब्धि र कमजोरीहरूको सिंहावलोकन गर्ने। त्यसै आधारमा नयाँ वर्षको योजना बनाएर बढ्ने।

६. वार्षिक योजनालाई अर्धवार्षिक, त्रैमासिक र मासिक आदि अनेक भागहरूमा बाँड्ने र हरेक भागका काम समयभित्रै पूरा गर्ने ।

७. हरेक कमिटीमा अवस्थाले दिएसम्म आइमाई र लोग्नेमानिस दुवै थरीलाई तथा धेरै वर्ष बढी र घटी दुवैथरी उमेरकाहरूलाई राख्ने।

८. आफ्नो कमिटीको बैठक अवधि तोक्ने, राम्ररी तयारी गरी नियमित रूपले बैठक बस्ने र सामूहिक नेतृत्वको विकास गर्दै जाने।

९. आफ्नो कमिटीको मातहतभित्र पर्ने क्षेत्र र संस्थाहरूको अध्ययन-निरीक्षणका लागि सम्बन्धित साथीहरूलाई जनयुद्धको शैलीबाट भम्रण गराउने।

१०. मातहतका कमिटीहरूलाई बलियो पार्ने।

(वरिष्ठ वामपन्थी नेता तथा सुपरिचित साहित्यकार क. श्यामप्रसाद शर्माको जनवरी १९७८, ‘हामीले गर्न खोजेका कामहरू’मा प्रकाशित यस लेखलाई ‘भित्र समाजवाद, बाहिर नौलो जनवाद’ पुस्तिकाबाट साभार गरी प्रकाशित गरेका छौँ – सं.।)