१. हरेक कमिटीले आफ्नो मातहतमा पर्ने क्षेत्र, संस्था र विषयहरूसित सम्बन्धित साथीहरूको गहिरिएर वर्ग विश्लेषण गरी कसीको आधारमा मूल्याङ्कन गर्दै दर्ता र नवीकरण गर्ने, कसीअनुसारको गुण पुगेकाहरूलाई सदस्य बनाउने र पदोन्नति गर्ने।
२. कसीअनुसारको गुण भएको नभएको समय-समयमा जाँच गर्ने, सदस्यहरूका गुणलाई कायम राख्ने र विकास गर्ने। खास गरी नेतृत्वकारी कमिटीमा भएकाहरूको आम्दानीमा शोषणको प्रतिशत निर्मूल पार्ने।
३. धेरै पछि परेकालाई नेतृत्वबाट पन्छाई, सर्वहारावादी अडान लिई सङ्घर्ष गर्ने। धेरै अगाडि बढेकालाई बेलैमा पदोन्नति गरेर एकताबद्ध र सामूहिक नेतृत्व तयार पार्ने।
४. सदस्यहरू र समर्थकहरूको सङ्ख्या वर्सेनि बढाउँदै जाने। विशेष गरी गाउँका ज्यामी, खेताला र गरिब तथा निम्न-मध्यम किसान स्रोतका समर्थकहरूलाई विचारधारात्मक र राजनीतिक शिक्षा तथा तालिम दिएर पार्टी सदस्य बनाउनतिर राम्ररी ध्यान दिने।
५. बुद्धिजीवी साथीहरूलाई पार्टीभित्र ल्याउँदा माओविचारको अध्ययन गराउनका साथै मजदुर-किसानहरूसँग मिसिन लगाएर बुर्जुवा बानी हटाउँदै गएपछि मात्र क्रमशः गरी भित्र्याउने । तिनको पढाइलाइ नै बर्ता महत्त्व दिएर एकैचोटि माथि नपुर्याउने।
६. आलोचना र स्व-आलोचनालाई दुई लाइनको सङ्घर्षको रूपमा विकसित गर्ने।
७. आलोचना र स्व-आलोचना गर्न हरेक कमिटी र व्यक्तिलाई आँटिलो पार्ने, खास गरी माथिल्लो कमिटी र यसका सदस्यहरूबारे तल्ला कमिटी र साथीहरूका आलोचनाहरू नियमित रूपले बटुल्ने।
८. हाम्रा कमिटीहरू र सदस्यहरूको बारेमा पार्टीको घनिष्ट सम्पर्क भएका जनताका आलोचनाहरू पनि पत्ता लगाउने।
९. ‘अनुशासनका तीन मुख्य नियम’ र ‘ध्यान दिनुपर्ने आठ कुरा’को पालन गर्ने।
१०. भित्र र बाहिरका साथीहरूको विचार बटुलेर विश्लेषण गरी व्यवस्थित रूप दिने र यी व्यवस्थित विचारको प्रचार गर्ने।
११. हाम्रो स्थितिको भिन्नतालाई ध्यानमा राख्ने, चिकपा (चिनियाँ कम्युनिस्ट पार्टी) को एघारौँ महाधिवेशनको रिपोर्ट र विधानलाई हाम्रो राजनीति र जङ्गठनको आधार बनाउने।
(वरिष्ठ वामपन्थी नेता तथा सुपरिचित साहित्यकार क. श्यामप्रसाद शर्माको जनवरी १९७८, ‘हामीले गर्न खोजेका कामहरू’मा प्रकाशित यस लेखलाई ‘भित्र समाजवाद, बाहिर नौलो जनवाद’ पुस्तिकाबाट साभार गरी प्रकाशित गरेका छौँ – सं.।)