सरकार,
भ्रष्टाचारीलाई जेलमा पुर्याउँदै गर्दा ढल्यो
देशवासीले सुशासनको अपेक्षा गर्दैगर्दा ढल्यो,
खराब अर्थतन्त्रमा सुधार हुँदै गर्दा ढल्यो
बेइमानी र बेथिति विरुद्ध प्रहार गर्दैगर्दा ढल्यो ।
असंवैधानिक कदम चाल्दा अदालतको आदेशले ढल्नु परेन
भ्रष्टचारीको सलाम खाएर बद्नाम हुँदै बस्नु परेन,
अनुहारमा अपराधको कालो धब्बा बोकेर हिँड्न परेन
बेइमान र धोखेबाजको अगाडि शिर झुकाउनु परेन
बिचौलिया र स्वार्थीहरूको पछि दौडिनु परेन ।
सरकार,
लोडसेडिङ हटाएर गयो
आयल निगम बचाएर गयो
जनक शिक्षा सुधारेर गयो
वायुसेवा सम्हालेर गयो
त्रिविमा थिति बसाएर गयो
दुर-दराजमा पुस्तक पुर्याएर गयो
अपराधीलाई बेचैन मच्चाएर गयो
सरकारी जग्गा आफूमा ल्याएर गयो
सुशासनको प्रत्याभूति दिँदै गर्दा गयो ।
भुईँमान्छेको अधिकारको निम्ति लड्दा गयो
देशवासीको आशाको आँकुरा पलाउनै लाग्दा गयो
मजदुरलाई सामाजिक सुरक्षा भत्ता दिँदै गर्दा गयो
सबै कालखण्डको बलिदानको सम्मान गर्दै गर्दा गयो
देशवासीले मेरो सरकार भनी गर्व गर्दै गर्दा गयो
सान, मान र सम्मानका साथ सरकार गयो ।
त्यसैले हामी सबैलाई ,
गर्व छ प्रचण्ड सरकारप्रति
गर्व छ आधुनिक नेपालका राष्ट्रनिर्माताप्रति,
गर्व छ अध्यक्ष प्रचण्डप्रति !
(२०८२ असार २९, झापा)