अमेरिकी नाकाबन्दी, UN, resolution, lift, US Embargo, blockade on Cuba, क्युबा
 

काठमाडौं । बिहिबार संयुक्त राष्ट्र सङ्घको महासभा बैठकले क्युवामाथि संयुक्त राज्य अमेरिकाले करिब ६ दसकदेखि लगाउँदै आएको अन्यायपूर्ण र अमानवीय नाकाबन्दी अन्त्य गर्नुपर्ने प्रस्ताव अत्याधिक बहुमतले पारित गरेको छ ।

संयुक्त राष्ट्र सङ्घका १९१ सदस्य राष्ट्रमध्ये १८९ ले प्रस्तावको पक्षमा र संयुक्त्त राज्य अमेरिका स्वयम् तथा यहुदी राज्य इजरायलले मात्र प्रस्तावको विपक्षमा अर्थात् नाकाबन्दी कायमै राख्ने पक्षमा मतदान गरेका छन् । संयुक्त राष्ट्र सङ्घको महासभा बैठकमा क्युवामाथिको संयुक्त्त राज्य अमेरिकी नाकाबन्दी हटाउनुपर्ने व्यहोराको प्रस्ताव वर्षेनि पारित हुँदै आएको यो २७ औं पटक हो । अर्थात् लगातार २७ वर्षदेखि संयुक्त राष्ट्र सङ्घले संयुक्त्त राज्य अमेरिकालाई व्यापारिक नाकाबन्दी हटाउन भन्दै आएको छ । तर आफूलाई विश्व व्यवस्थाको अग्रणी राष्ट्र दाबी गर्ने संयुक्त्त राज्य अमेरिकाले राष्ट्र सङ्घको निर्णयलाई लतार्दै आफ्नो साम्राज्यवादी नीति लागू गर्दै आएको छ ।

UN voting on lifting US embargo against CUba

क्युवामा १९५९ मा कमाण्डर फिडेल काष्ट्रोको नेतृत्वमा क्रान्तिकारी सेना र जनता मिलेर क्रान्ति गरेपछि १९६२ देखि घोषित रुपमा नाकाबन्दी थोपेको हो । समयसमयमा विभिन्न ऐन पारित गर्दै संरा अमेरिकाले नाकाबन्दीलाई निरन्तरता दिँदै आएको छ । अमेरिकी आर्थिक तथा व्यापारिक नाकाबन्दीका कारण क्युवाको उद्योग र वाणिज्य क्षेत्रमात्र नभई क्युवाको कृषि, स्वास्थ्य, शिक्षा, संस्कृति, निर्माण क्षेत्र र जैविक प्रविधिलगायत क्षेत्रमा ठूलो नोक्सानी र प्रगतिमा बाधा हुँदै आएको छ । क्युवाली जनता अत्यन्त ठूलो कष्ट उठाउँदै आएका छन् । त्यहाँ अत्यावश्यक औषधी समेत अभाव हुने गरेको छ ।

महासभा बैठकमा प्रस्तावमाथि मतदान हुनुअघि व्यापक छलफल भएको थियो । छलफलमा एलसाल्भाडोर, सिङ्गापुर, भेनेजुयला, बहामास, भियतनाम, चीन, जमैका, दक्षिण अफ्रिका, बोलिभिया, अल्जेरिया, निकारागुआलगायत देशका प्रतिनिधिहरूले अमेरिकी नाकाबन्दी पूर्णतया असफल भइसकेको तथा क्युवाली जनताका लागि कष्टसाध्य यातनामात्र भएको बताउँदै अविलम्ब नाकाबन्दी अन्त्य गर्न आह्वान गरेका थिए ।

अमेरिकी नाकाबन्दीका कारण विभिन्न क्षेत्रमा गरी क्युवालाई पुगेको नोक्सानीको आर्थिक हिसाब गर्ने हो भने खरबौं डलर पुगेको छ । नाकाबन्दीका कारण क्युवाले गत वर्षको अप्रिलदेखि यो वर्षको मार्च महिनासम्म एक वर्षमा ४ अर्ब ३० करोड अमेरिकी डलर बराबर हुने फाइदा गुमाएको संयुक्त राष्ट्र सङ्घको प्रतिवेदनमा समेत उल्लेख छ । क्युवामाथिको नृशंस नाकाबन्दी अन्त्य गर्नुपर्ने आवाज क्युवाली सरकार र जनताको मात्र होइन आज विश्वकै आवाज बनेको छ । तर अमेरिकी साम्राज्यवादी शासकहरू विश्व जनमतको अपमान गर्दै क्युवामाथिको नाकाबन्दी र क्युवाली भूमि ग्वान्टानामो कब्जा गर्दै बसेको छ, मजदुर अनलाइनमा समाचार छ ।

UN voting Process for lifting US Embargo against Cuba

UN voting Process for lifting US Embargo against Cuba

UN voting Process for lifting US Embargo against Cuba