काठमाडौँ । मार्च १८ तारिख चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् केन्द्रीय समितिको वैदेशिक मामिला कार्यालयका प्रमुख याङ चे छ, परराष्ट्र मन्त्री वाङ यीले अमेरिकाको एन्कोरेज सहरमा अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्कन, राष्ट्रपतिका सुरक्षा मामिला सहायक जेक सुलभ्यानसँग चीन-अमेरिका उच्चस्तरीय रणनीतिक वार्तामा सहभागी हुनुभएको छ ।
उच्चस्तरीय वार्ताको क्रममा सर्वप्रथम याङ चे छले सम्बोधन गर्नुभयो । उहाँले वसन्त चाडमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनसँगको टेलिफोन वार्तामा आपसी मतभेदलाई कम गर्दै आपसी सहयोग बढाउने सहमति भएको व्यक्त गर्नुभएको थियो । चीनले अमेरिकी निमन्त्रणामा उच्चस्तरीय रणनीतिक वार्तामा भाग लिनु नै उक्त सहमतिलाई व्यवहारमा उतार्ने महत्त्वपूर्ण कदम हो ।
उहाँका अनुसार, चीनले शान्ति, विकास, समान, निष्पक्ष, प्रजातान्त्रिक, स्वतन्त्र भन्ने मानक (सूचक) हरुसहित संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण गर्ने अडान लिँदैछ । विश्वका अधिकांश मुलुकले अमेरिकी मानकलाई अन्तर्राष्ट्रिय मानकको रुपमा मानेका छैनन् । अमेरिकासँग अमेरिकी शैलीको प्रजातन्त्र छ भने चीनसँग चिनियाँ शैलीको प्रजातन्त्र छ । चीनले शान्ति विकास बाटोमा लाग्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति तथा विकासका लागि प्रयास गरिरहेको छ । तापनि अमेरिकाले सधैँ सशस्त्र शक्तिको प्रयोग गर्दै आएको देखिन्छ । अमेरिकासँग मानवीय अधिकार आदि क्षेत्र सम्बन्धी धेरैजसो समस्या रहेका छन् । अमेरिकाले आफ्नो मामिलालाई जोड दिनसक्छ भने चीनको मानवीय अधिकार र प्रजातन्त्रलाई हस्तक्षेप गर्नुहुँदैन ।
चीन र अमेरिकाले एसिया-प्रशान्त क्षेत्रका विभिन्न मुलुकसँग असल सम्बन्धको विकास गर्न सक्छन् । यो २१औँ शताब्दीको सही विकास बाटो हो । ताइवान, हङकङ, सिन्च्याङ गरी सबै चीनका अविच्छिन्न भाग हुन् । अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेमा चीनले गम्भीर विरोध गर्दै निरन्तर रुपमा दृढ जबाफी प्रतिक्रिया दिँदै जानेछ । चीनसँगको सम्बन्ध विकास पारस्परिक सम्मानको आधारमा हुनुपर्छ ।
वास्तविक तथ्यबाट हेर्दा द्वन्द्व अमेरिकाका लागि राम्रो छैन । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङकाअनुसार चीन र अमेरिकाले प्रतिस्पर्धासहित, पारस्परिक सम्मान, साझा हित भन्ने लक्ष्यलाई साकार तुल्याउनु पर्छ । राष्ट्रपति बाइडेनले पनि चीन र अमेरिका बिच द्वन्द्व नहुने बताउनुभएको छ । चीन र अमेरिकाले यी दुवै पक्षका नेताद्वारा पाइएको सहमतिलाई चौतर्फी रूपमा पालना गर्दै आपसी सम्बन्धलाई स्वस्थ तथा स्थिर विकासमा फर्काउन प्रयास गर्नसक्छ ।
(स्रोतः चिनियाँ अन्तर्राष्ट्रिय रेडियो)