काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको र सो सहमतिको पालना गरिने कुरा बताउनु भएको छ ।
भारत भ्रमणबाट फर्कंदै गर्दा प्राइम टाइम्स टएलिभिजनका लागि ऋषि धमलाले लिएको अन्तर्वार्ताको क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का समान हैसियतका दुई अध्यक्षमध्ये एक रहनु भएका प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।
उहाँले पार्टी एकताको समयमा दुई अध्यक्ष बिच सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति भएको स्वीकार्नुका साथै त्यसलाई पालना गरिने भन्दै “सहमति के कस्तो कुरमा भएको हो भन्ने कुरा सहमतिमै उल्लेख छ, त्यो कस्तो प्रयोजनका लागि भएको हो भन्ने कुरा पनि प्रष्टै छ,” भन्नुभयो ।
उहाँले दुई अध्यक्ष बिच राम्रो सम्बन्ध रहेको र आपसमा छलफल गरेर पार्टी एकताबद्ध रुपमा अगाडि बढेको कुरा समेत स्पष्ट पार्नु भयो ।
नेपाली सञ्चार क्षेत्रमा चर्चित र विवादित छवीका पत्रकार धमलाले केही समय पहिले अध्यक्ष प्रचण्ड नेपालको एक मात्र राजनेता तथा विश्वस्तरको नेता र ऊहाँको नेतृत्वमा मात्रै नेपालले प्रगति गर्न सक्ने बताएका थिए ।
प्रधानमन्त्री ओलीसँग हवाईजहाजमा अन्तर्वार्ताका क्रममा तिनै पत्रकार धमलाले “नेपाली जनताले तपाईंलाई त ५ बर्षका लागि निर्वाचित गरेका हुन् नि?”, “परिवर्तन र प्रजातन्त्रका लागि १४ बर्ष जेल बसेको नेता हो, केपी शर्मा ओली”, “म त तपाईं ५ बर्षसम्म प्रधानमन्त्री भएको देख्न चाहने मानिस हुँ नि?”, “तपाईंको विकास एजेण्डालाई मोदीजीको समर्थन छ,” भन्दै पटक पटक उत्तेजित बनाउन खोजेको प्रष्टै देखिन्थ्यो ।
परन्तु प्रधानमन्त्री ओलीले शालीनतापूर्वक धमलालाई प्रत्युत्तर दिनु भयो । धमलाको “तपाईंहरु त घण्टौँ बसेर अन्तरङ्ग कुराकानी गर्नु हुन्छ, अनि किन बेलाबेलामा चिसोपना आउँछ,” भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले “चिसोपना कहाँ आएको छ ? कसैले कहीँ सोधे होला । सहमति नभई त पार्टी एकता भएको छैन । पार्टी एकताको बेलामा त दुई पक्षको बिचमा केही सहमति भएरै पार्टी इकता भएको हुन्छ । एकताबद्ध भएपछि एकताबद्ध पार्टी अगाडि बढ्या छ । त्यो एकतालाई कमजोर पार्ने गरी, खल्बलाउने गरी केही चर्चा गर्नुपर्ने त आवश्यकता छैन । जे सहमति भएकाछन्, ती आफ्नै कोर्समा अगाडि बढ्छन् । नेकपाको सरकार अस्थिर छ भनेर जुन सन्देश दिन खोजिएको छ, त्यो गलत छ,” भन्दै आफ्नै शैलीमा धमला माथिनै हमला गर्नुभयो ।
नेकपाका अध्यक्ष प्रचण्डले प्राइम टाइम्स टेलभिजिनसँगको अन्तर्वार्तामा एक वर्षअघि पार्टी एकीकरणका क्रममा दुवै अध्यक्षले आलोपालो सरकार चलाउने सहमति भएको खुलासा गर्नुभएको थियो ।
अघिल्लो वर्ष जेठ २ गतेको मितिमा हस्ताक्षरित तत्कालीन एमाले अध्यक्ष ओली र तत्कालीन माओवादी अध्यक्ष दाहालबीच भएको सहमति पत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ ।
अध्यक्षद्वयको बिचमा भएको सहमति सार्वजनिक भएपछि नेकपा भित्रकै पार्टी एकता विरोधीहरू, नेकपाका दुई अध्यक्षलाई भिडाएर आफ्नो दुनो-मानो सोझ्याउन चाहनेहरू, कम्युनिस्ट आन्दोलनको नाम बेचिखान पल्केकाहरू, देशी-विदेशी प्रतिक्रियावादीहरू र तिनका दलालहरूले आफ्नो औकात बिर्संदै अध्यक्ष प्रचण्डमाथि अनावश्यक आक्रमण गरेका थिए । कतिपयले तल्लोस्तरका गालिगलौज समेत गर्न र पार्टीभित्र एकताविरोधी माहौल सिर्जना गरी अध्यक्षद्वयलाई असफल गराउन खोजेका थिए ।
यसरी अध्यक्ष प्रचण्डमाथि आक्रमण गर्नेहरूमा पार्टी एकताले गर्दा आफू पछि परेको आभास भएका, विदेशीको गोटी बनेर नेकपाका सूचना विदेशीलाई बेचेर विदेशी मुद्रा आर्जन गरिरहेका र अध्यक्ष प्रचण्डले भेनेजुएलाको समर्थनमा विज्ञप्ति निकाल्दा बहुलाउँदै खुलेआम त्यसको विरोध र अमेरिकी साम्राज्यवादको समर्थन गर्नेहरू थिए । यसले विषयको गम्भीरतालाई प्रष्ट पारिसकेको विश्लेषकहरूको दावी छ ।
यस्तो थियो सहमतिः