काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिब क. सीताराम येचुरीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. पुष्पकमल दाहाल “प्रचण्ड” लाई कम्युनिस्ट गठबन्धनको विजयका लागि बधाई दिएका छन् । बधाई सन्देशको पूर्ण पाठ निम्नानुसार छ ।
मितिः डिसेम्बर २३, २०१७
क. पुष्पकमल दाहाल “प्रचण्ड”
अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
काठमाडौँ ।
प्रिय कमरेड,
भर्खरै सम्पन्न सङ्घीय संसद र प्रादेशिक सभाका निर्वाचनहरुमा कम्युनिस्ट गठबन्धनको सफलताका लागि भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)को तर्फबाट मेरो क्रान्तिकारी अभिवादन र हार्दिक वधाई स्वीकार गर्नुहोस् ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनको झण्डै दुई तिहाई सिटमा भएको जीतले नेपाललाई राजतन्त्रबाट गणतन्त्रमा रुपान्तरण गरेकोमा यो कम्युनिस्ट गठबन्धनप्रति नेपाली जनताको दृढ समर्थन रहेको कुरा शानदार रुपले सिद्ध भएको छ ।
गठबन्धनले सातमध्ये ६ वटा प्रदेश सभाहरुमा बहुमत प्राप्त गर्नुले यो तथ्यले थप प्रमाणित भएको छ ।
म विश्वस्त छु कि नयाँ सरकारको गठनले नेपालको धर्मनिरपेक्ष गणतन्त्रतर्फको रुपान्तरणमा सफलता प्राप्त हुनेछ र सो सरकारले विकास र समृद्धिको साथसाथै नेपाली जनताको जीविका सुधार गर्ने महत्त्वपूर्ण विषयहरुलाई सम्बोधन गर्नेछ ।
कृपया, नेकपा (माओवादी केन्द्र)का सबै सदस्यहरु र नेपाली जनतालाई भाकपा (मार्क्सवादी)को भाइचारा क्रान्तिकारी अभिवादन सुनाइदिनु होला ।
पुनः एकपटक यहाँलाई आफ्ना भावी कार्यहरुको सफलताका लागि हार्दिक सुभकामना व्यक्त गर्दछु ।
न्यानो अभिवादन सहित ।
तपाईको भाइचारा मित्र,
सीताराम येचुरी
महासचिव