शीतयुद्धकालीन शत्रुता र विश्व विभाजनकाे साम्राज्यवादी चपेटामा परेकाे अरब राष्ट्र सिरिया चलिरहेकाे भीषण युद्धमा दैनिक सयाैँ निशस्त्र नागरिकहरुकाे मृत्यू भइरहेकाेमा त्यसकाे विराेध गर्दै सिरियाली युद्धकाे अन्त्य, दिगाे शान्तिकाे स्थापना र सिरियाली श्रमजीवी जनताकाे पक्षमा बुलन्द अावाज उठाउँदै साेमबार राजधानी काठमाडाैँमा नागिरक विराेध प्रदर्शन गरियाे ।
अाफूलार्इ विश्वभरकाे शान्ति र लाेकतन्त्रकाे ठेकेदार सम्झने संयुक्त राज्य अमेरिकाकाे समर्थन तथा अार्थिक, भाैतिक एवम् सैन्य सहयाेग प्राप्त गरिरहेका सशस्त्र सिरियाली विद्रोहीहरु र रुसी महासंघकाे समर्थन र सैन्य सहयाेग प्राप्त गरेकाे राष्ट्रपति बसर असदको सरकारबीच लामाे समयदेखि युद्ध भइरहेकाे छ । विगत केही दिनदेखि युद्ध चरमाेत्कर्षमा पुगेकाे छ ।
शीयुद्धकालीन दुई महाशक्तिहरुले अाफ्नाे शक्ति परीक्षणस्थलकाे रुपमा एउटा स्वतन्त्र र सार्वभाैमस राष्ट्र सिरियामा संचालन गरिरहेकाे नरसंहारकारी युद्धका कारण कलिला बालबालिकाहरु, बृद्धबृद्धाहरु, असक्त र असहाय महिलाकाहरुका साथै हजाराैँकाे संख्यामा निशस्त्र र निर्दाेष नागरिकहरुकाे हताहती भइरहेकाे छ । साेकाे विराेधमा साेमबार स्वतस्फुर्त नागिरक विराेधकाे कार्यक्रम माइतीघर मण्डलामा सम्पन्न भएकाे छ । साे कार्यक्रममा विद्यार्थीहरु, युवाहरु, प्रगतिशील लेखक तथा साहित्यकर्मीहरू, बामपन्थी नेताहरुका साथै साम्राज्यवाद विराेधी नागरिकहरुकाे उत्साहजनक उपस्थिति रहेकाे थयाे ।
उक्त विराेध प्रदर्शनमा उपस्थित नागिरक प्रदर्शनकारीहरुले “बमको व्यापार–बन्द गर, नक्कली युद्ध–बन्द गर, अमानवीय युद्धआतङ्क–बन्द गर, पुँजीवादी साम्राज्यवाद–मुर्दावाद, निहत्था जनताको बाँच्न पाउने अधिकार–सुनिश्चित गर, अमेरिकी साम्राज्यवाद–मुर्दावाद, सिरियाली जनताको न्यायको पक्षमा निरन्तर उभियाैँ” भन्ने नाराहरू लगाएका थिए ।
सिरियाली युद्धविरोधी सो नागिरक विराेध प्रदर्शनलाई सम्बाेधन गर्दै प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष एवं समालोचक निनु चापागाईंले नेपाली लेखक तथा साहित्यकारहरुको प्रतिनिधित्व गर्दै ‘साम्राज्यवादीहरुले आफ्नो स्वार्थपूर्तिका लागि कथित आतङ्कवादबिरुद्धको नाममा सिरियामा गरिएको नरसंहार’लाई कडा शब्दमा भत्सर्ना गरे । उनले साम्राज्यवाद भनेको नै युद्ध हो भन्ने कुराको पुनःपुष्टि मिलेको विचार व्यक्त गरे । अमेरिकी साम्राज्यवादले गएको २ सय ४० वर्षदेखि विश्वमा युद्ध थोपरिरहेको स्मरण गराउँदै समालोचक चापागाईंले फेसबुकमार्फत् सूचना पाई छोटो समयमै स्वस्फुर्त आयोजित सो विरोध भेला सानो भए पनि महत्वपूर्ण प्रतिकात्मक कार्यक्रम भएको बताए । उनले अब युद्धबिरोधी यस्ता कार्यक्रम विश्वभर निरन्तर चलाइरहनुपर्ने समय आएको बिचार व्यक्त गरे ।
विरोध प्रदर्शनलाई सम्वाेधन गर्दै अर्का वक्ता ‘राष्ट्रिय जागरण अभियान परिषद’का नेता साध्यबहादुर भण्डारीले सो कार्यक्रम कुनै खास सङ्गठनले आयोजना गरेको नभई सुरुमा सामाजिक अभियन्ता रत्न श्रेष्ठले वौद्धिक एवम् राजनीतिक नेता सोनाम साथीलाई फोन गरी ‘केही न केही गरौं न’ भनी माइतीघर मण्डलामा जम्मा भई विरोध कार्यक्रम गर्ने सोच बनाएको र त्यस अनुसार फेसबुकमा पोष्ट गरिएको सूचनाको आधारमा सो कार्यक्रम हुन पुगेको खुलासा गरे । नेता भण्डारीले सिरियाली युद्धको मुख्य कारक अमेरिकी साम्राज्यवाद भएको विचार व्यक्त गरे ।
साे प्रदर्शनमा युवा अभियन्ता उषाकिरण तिमल्सिनाले कार्यक्रमलाई सम्वोधन गर्दै भनिन्, “मैले सामाजिक सञ्जालमा पोष्ट गरिएका फोटोहरु हेर्दै जाने क्रममा सिरियाली युद्धमा थुप्रो सङ्ख्यामा निर्दोष बालबालिकाहरुलाई बमद्वारा उडाइएका फोटाहरु हेर्न पुगेँ र म झस्किएँ । म सबैखाले युद्धको बिरोध गर्दछु । सिरियाली युद्धपछाडिको प्रमुख खेलाडी अमेरिकी साम्राज्यवाद हो । आज सिरियामा त्यत्रो नरसंहार हुँदा संयुक्त राष्ट्र संघ के हेरेर बसिरहेछ ? अन्तर्राष्ट्रिय युद्धबिरोधी अदालत के हेरेर बसिरहेछ ? अहिले हामी नेपालीहरु यी प्रश्नहरु गरिरहेका छौं ।” उनले थप भनिन्, “अमेरिकी साम्राज्यवादले सिरियामा चलाएको बर्बरताकाे मूल्य एकदिन उसले अवश्यै चुकाउनै पर्छ ।”
त्यसरी नै साे विरोध प्रदर्शनमा मुस्लिम समुदायकाे प्रतिनिधित्व गर्दै ‘इस्लामिक संघ, नेपाल’ का फिरोज आलमले अमेरिकी साम्राज्यवाद नै अहिले विश्वमा युद्ध भड्काउने अपराधी भएको विचार व्यक्त गरे ।
साे कार्यक्रमलाई सामजिक अभियन्ता गौतम राई र वरिष्ठ अधिवक्ता गोबिन्द अधिकारीले पनि सम्वाेधन गर्दै सिरियाली युद्धमा मानवताविरोधी अपराध गर्ने अमेरिकी साम्राज्यवादविरुद्ध चर्को स्वरमा भत्सर्ना गरे ।