Xi Jinping and Kim Jong Un
 

काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सि जिनपिङ र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता मार्शल किम जोङ उनबिच बेइजिङमा उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव, चिनियाँ राष्ट्रपति तथा चिनियाँ सैन्य अायाेगका अध्यक्ष सि जिनपिङ को निमन्त्रणमा कोरियाली श्रमिक पार्टीका अध्यक्ष, कोरियाली राज्य व्यवस्था अाेयोगका अध्यक्ष, काेरियाली सैन्य अायाेगका अध्यक्ष तथा काेरियाली जनसेनाका सर्वाेच्च कमाण्डर अध्यक्ष किम जोङ उनले पत्नी रि साेल जु र अन्य महत्त्वपूर्ण नेताहरूकाे साथमा सन् २०१८ मार्च २५ देखि २८ तारिखसम्म मित्रराष्ट्र चीनको अनौपचारिक भ्रमण गर्नुभएको हो ।

काेरियाली नेता किम जाेङ उनले सन् २०११ मा राष्ट्र प्रमुखकाे जिम्मेवारीमा अाएपछि याे उहाँकाे पहिलाे विदेश भ्रमण हाे । संसारभर झण्डै ३ दिनसम्म चलेका विभिन्न अड्कलबाजीहरुपश्चात चिनियाँ समाचार संस्था सिन्ह्वा र काेरियाली समाचार संस्था केसिएनएले  भ्रमणको पुष्टि गरेका छन् ।

Xi Jinping and Kim Jong Un couple
राष्ट्रपति सि जिनपिङ र उहाँकी पत्नी पेङ लियुअानसँग तस्वीर खिचाउँदै किम जाेङ उन र उहाँकी पत्नी रि साेल जु

दुई कोरियाबिच वार्ता प्रक्रिया अगाडि बढिरहेको, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेता किम जोङ उनको प्रजग कोरिया भ्रमणको निमन्त्रणा स्विकार गरेको र संयुक्त राज्य अमेरिकासँग आफ्नो परमाणु कार्यक्रमबारे वार्ताको तयारी भइरहेको समयमा भएको यो भ्रमणलाई उच्च महत्त्वका साथ हेरिएको छ ।

Xi Jinping-Kim Jong Un meeting in Beijing
द्वीपक्षीय वार्तामा सरिक हुँदै राष्ट्रपति सि जिनपिङ र किम जाेङ उन

भ्रमणलाई अनौपचारिक बताइए पनि कोरियाली जनताका सर्वोच्च नेता किम जोङ उन र उहाँकी पत्नी रि साेल जुलाई उच्च सम्मान गर्दै ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो भने राष्ट्रपति स्वयंले ‘ग्रेट हल अफ दि पिपुल’को अति विशिष्ट कक्षमा नेता उनसँग भेटवार्ता गर्नुले चिनियाँ पक्षले भ्रमणलाई उच्च महत्त्व दिएको कुरा स्वयंमा प्रष्ट छ ।

Kim Jong Un and Xi Jinping in Launcheon
राष्ट्रपति सि जिनपिङले अायाेजना गर्नु भएकाे दिवाभाेजमा सरिक हुँदै उत्तर काेरियाली नेता किम जाेङ उन

भ्रमणकाे क्रममा काेरयाली नेता किम जाेङ उनले चिनियाँ राष्ट्रपति सि जिनपिङलार्इ प्रजातान्त्रिक जनगणतन्त्र काेरियाकाे भ्रमणका लागि अाैपचारिक निमन्त्रणा गर्नुभएकाे थियाे । काेरियाली नेता किम जाेङ उन चीन रहेसम्म चिनियाँ राष्ट्रपति सि जिनपिङले अधिकांश समय उहाँसँगै बिताउनु भएकाे थियाे भने उहाँकाे सम्मानमा दिवाभाेज र रात्रिभाेज अायाेजना गरिनुकासाथै र द्वीपक्षीय वार्ता सम्पन्न भएकाे थियाे ।  नेता उनले बेइजिङमा चिनियाँ विज्ञान प्रतिष्ठानकाे प्रदर्शनी समेत अवलाेकन गर्नु भएकाे थियाे ।

अाणविक कार्यक्रमकाे बहानामा उत्तर कोरियामाथि प्रतिवन्ध लगाउने संयुक्त राष्ट्र संघका विभिन्न सम्झौताहरुमा समर्थन गरे पनि बेइजिङले परम्परागत रुपमा नै प्योङयाङसँगका अन्तर्राष्ट्रिय वार्ताहरूको मध्यस्तता गर्दै आएको छ ।

यी दुई देशबिच धेरै लामो र अति घनिष्ट सम्बन्ध रहँदै आएको छ । कोरियाली युद्धमा उत्तर कोरियालाई सघाउन चिनियाँ सेनाहरु पठाइएको थियो र सोही युद्धमा चिनियाँ क्रान्तिका महानायक क. माओत्सेतुङका छोराको सहादत भएको थियो । याे भ्रमणले दुर्इ देशबिचकाे सम्बन्धलार्इ थप प्रगाढ बनाएकाे विश्वास गरिएकाे छ ।

अमेरिकी गुप्तचर संयन्त्र असफलः

साम्राज्यवादी मुलुकहरुले विश्वभरका कम विकसित र विकासोन्मुख मुलुकहरुलाई विभिन्न भ्रम छर्दै ठग्ने गरेका छन् । सबै देशहरु, तिनका नागरिकहरु र सरकार प्रमुखहरु तिनको निगरानीमा भएको र तिनले स्याटालाइट मार्फत् सबैको निगरानी गर्न सक्ने कुरा बताउँदै आएका छन् । त्यति मात्र नभएर तिनले अाफूसँग संसारका जुनसुकै देशले गर्ने आणविक आक्रमणहरुलाई समेत आकाशमै नष्ट गर्न सक्ने र विफल पार्न सक्ने क्षमता भएको दाबी गर्ने गरेका छन् । साम्राज्यवादका विभिन्न चाटुकार संयन्त्रहरु स्याटेलाइट र आणविक प्रतिरक्षा (न्यूक्लियर शिल्ड)का यस्ता कथाहरु हालेर थाक्दैनन् ।

परन्तु यसपटक प्रजग कोरिया र यसको सरकारले त्यस्ता झूठहरुको पर्दाफाँस गरेको छ । सर्वोच्च नेता मार्शल किम जोङ उनको नेतृत्वमा एउटा उच्च पदस्थ अति विशिष्ट प्रतिनिधि मण्डल उत्तर कोरियाली कुटनीतिक रेल मार्फत चिनियाँ राजधानी बेइजिङको यात्रा गरेको थियो ।  सो रेल बेइजिङ पुगेर ३ दिनको अति विशिष्ट भ्रमण सकेर आफ्नो देशमा फिर्ता भइसकेपछि चिनियाँ समाचार संस्था सिन्ह्वा, काेरियाली समाचार संस्था केसिएनए र अन्य सञ्चार माध्यमहरुले समाचार प्रकाशित गरेपछि मात्रै बाह्य जगतमा भ्रमणबारे खुलाशा भएको हो । रेलको यात्रा र भव्य ‘गार्ड अफ अनर’को समारोह समेत थाहा पाउन नसक्नुले अमेरिकी तथा पश्चिमा गुप्तचर संस्थाहरु र तिनको सञ्चार संयन्त्रको झज्जी उडेको छ । उत्तर काेरियाली नेताकाे सुरक्षालार्इ मध्यनजर गर्दै भ्रमणलार्इ अति गाेप्य राखिएकाे अनुमान गरिएकाे छ ।

सैन्य तथा कुटनीतिक विश्लेषकहरुका साथै आम सर्वसाधारणले समेत उत्तर कोरियाली रेल त्यति लामो दूरी पार गरी प्योङयाङबाट बेइजिङ पुगेर फर्केको समेत थाहा नपाउने पश्चिमी साम्राज्यवादीहरु र तिनको नेतृत्वकर्ता संयुक्त राज्य अमेरिकाले उत्तर कोरियासँग रहेका सुपरसोनिक (आवाजको गतिभन्दा छिटो यात्रा गर्न सक्ने) क्षेप्यास्त्रहरुको प्रतिरक्षा गर्ने र तिनलाई आकाशमै नष्ट गर्ने कुरा गफाडीको गफजस्तै साबित भएको बताउन थालेका छन् । यस घटनाबाट अमेरिकी साम्राज्यवाद र उसका पिछलग्गु शक्तिहरु वास्तवमै अध्यक्ष माओले भनेझैँ ‘कागजी बाघ’ साबित भएका छन् ।

खिस्रिक्क परे ट्रम्प, किमलार्इ भेट्न उत्सुकः

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले हालै गरेको चीन भ्रमणलाई सकारात्मक भनेका छन् । राष्ट्रपति ट्रम्पले किमको सो भ्रमणले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको काममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताएका छन्।

गुप्तचर निकायहरू र सञ्चार माध्ययमहरूले थाहा नपाएकाे साे भ्रमणबारे राष्ट्रपति ट्रम्पले त झन् चिनियाँ राष्ट्रपति  सि जिनपिङले सन्देश पठाएपछि मात्रै थाहा पाएका थिए, जुन कुरा उनी स्वयंले ट्वीट गरेर बताएका छन् ।

Tweet comment of Donald Trump
उत्तर काेरियाली नेता किम जाेङ उनकाे चीन भ्रमणबारे राष्ट्रपति ट्रम्पकाे ट्वीट

उनले एक अर्काे ट्वीटमा भनेका छन् ‘यो राम्रो अवसर हो र किमले अब कोरियाली प्रायद्वीपमा के गर्दा आफ्ना जनता र मानवीयताका लागि ठीक हुन्छ भन्ने बारेमा बुझ्नुुहुने छ र त्यही गर्नुहुने छ ।’ उक्त भ्रमण र चिनियाँ राष्ट्रपतिसँगको भेटवार्ताका बारेमा पनि अाफूले सूचना पाएको र सो भेटवार्ता राम्रो भएको थाहा भएको राष्ट्रपति ट्रम्पले बताए । ट्रम्पले अाफू किमसँग भेट्न उत्सुक रहेकाे बताएका छन् । अपितु नाकावन्दी भने कायमै रहने बताउँदै अाफ्नाे साम्राज्यवादी शैली प्रस्तुत गर्न चुकेका छैनन् ।

परन्तु यो कुनै पनि अमेरिकी राष्ट्रपतिको उत्तर कोरियाप्रति व्यक्त गरिएको हालसम्मकै नरम अभिव्यक्ति हो । अमेरिकी राष्ट्ररपतिकाे यस्ताे कमजाेर अभिव्यक्तिलार्इ अहंकारकाे अन्त्य भएकाे र पराजित मानसिकताकाे उपजकाे रूपमा लिइएकाे छ ।

बुधबार एक प्रेस ब्रिफिङका क्रममा ह्वाइट हाउसका प्रवक्ताले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको क्षेत्रमा पछिल्लो समयमा निकै राम्रो प्रगति हुँदै गएको स्विकारेका छन् । योसँगै कोरियाली प्रायद्वीपमा आणविक युद्ध भड्काएर हतियार बेच्ने र खरबौँ लुट्ने युद्धपिपासुहरुको साम्राज्यवादी षड्यन्त्र तत्कालका लागि असफलसिद्ध भएको छ ।

याे पनि पढ्नुहाेस्ः    कमरेड माअाेकाे पहिलाे पेकिङ यात्रा

याे पनि पढ्नुहाेस्ः  कोरियाली बाल सङ्गठन र समाजवादी देशका सच्चा सपूतहरू

याे पनि पढ्नुहाेस्ः   साम्राज्यवादी नाकावन्दीः समाजवाद विरुद्धको षड्यन्त्र