Security Workders mag patra
 

काठमाडाैँ । अाफ्नो जीवनको बाजी थापेर सुरक्षाको जिम्मेवारीमा अहोरात्र तैनाथ रहिरहने कर्तव्यपरायण सुरक्षाकर्मीहरुको राष्ट्रियस्तरका चर्चित युनियननहरु अखिल नेपाल सेक्युरिटी मजदुर सघ G4S मूल कमिटी, नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन, नेपाल राष्ट्रिय सुरक्षा श्रमिक संघ, अखिल नेपाल सेक्युरिटी मजदुर संघले G4S को केन्द्रीय कार्यलयमा नेपाल सरकारले साउन महिनादेखि लागु हुनेगरी बढाएको तलब हालसम्म पनि लागु नगरेकाले र अनेकौं बाहानाबाजी गर्दै आएकोले मंसिर ४ गतेदेखि चरणवद्ध संर्घषमा उत्रेका छन ।

उनीहरुले बेतन बृद्धिका अतिरिक्त सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयनको माग जोडदार रुपमा उठाएका छन । यी मागहरु व्यवस्थापनले लागु नगरेमा आन्दोलनको सबै किसिमका साधनहरु प्रयोग गर्ने र पछि नहट्ने बताएका छन ।

उनीहरुले मंसिर ४ गते केन्द्रीय कार्यालयलाई घेराउ गर्दै नारा जुलुश गरे भने संगठनका अध्यक्षहरुले माग पूरा नगरे अल्टिमेटम सहित आन्दोलनमा उत्रने उदघोष गरेका छन् भनी अखिल नेपाल सेक्युरिटी मजदुर संघका केन्द्रीय अध्यक्ष लक्ष्मीप्रसाद ढकालले बताए । उनीहरुले संघर्षका कार्यक्रमहरु पनि सार्वजनिक गरिसकेको छन् । हिजोको कार्यक्रममा सुरक्षा क्षेत्रमा कार्यरत श्रमिकहरुको निकै ठूलो र आक्रोशित समुह घेराउ गर्न केन्द्रीय कार्यालयमा उपस्थित रहेको थियो, कम्युनिस्ट अनलाइनमा खबर छ ।

संघर्षका कार्यक्रमहरुः 

१. मंसिर ४ गते G4S मा रहेका ४ वटा पार्टी निकटका मूल कमिटीहरुले २०७५/०८/ ०३ गते १ घण्टा देशभरका कार्यालयहरूमा धर्ना, घेराउ र मागपत्रसहितको कालो ब्यानर राख्ने ।

२. मंसिर ५ गते पत्रकार सम्मेलन मार्फत मागपत्र र संघर्षबारेका निर्णयहरु सार्बजनिक गर्ने ।

३. मंसिर ६ गतेसम्म पनि माग पूरा नगरेको खण्डमा आमरण अनसन बस्ने कार्यक्रम रहेको छ ।

सुरक्षा क्षेत्रमा कार्यरत श्रमिकहरुले यो आन्दोलनलाई देशव्यापी बनाएर लानुपर्ने र बढेको तलब नखुवाउने, सामाजिक सुरक्षा ऐन र श्रम ऐन लागु नगर्ने सबै सेक्युरिटी कम्पनीहरुमा एकैचोटी आन्दोलन उठाउनु पर्ने माग पनि व्यापकरुपमा उठाइरहेका छन् ।