Chairman Prachanda (Pushpa Kamal Dahal) at Lumbini Mahotsab
 

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमानका अवसर र चुनौतिले हामीलाई एकीकृत र मजबुत हुन एक सुनौलो अवसर जुटाइदिएको बताउनु भयो ।

एक कार्यक्रममा बोल्दै उहाँले नेकपा एक शक्तिशाली तथा सफल कम्युनिस्ट हुने पनि औंल्याउनु भयो । उहाँले देशमा राजनीतिक सहमतिका आधारमा शान्ति प्रक्रियाले अन्तिम चरण तथा संविधान निर्माण भई देश एक संघीय लोकतान्त्रिक गणतन्त्र भइसकेकोले अब हामी एकीकृत भई आन्तरिक शक्ति विस्तार गर्नतर्फ लाग्नुपर्ने आवस्यकता रहेको बताउनु भयो।

उहाँले भन्नुभयो, “देशका प्रमुख तथा गतिशील कम्युनिस्ट पार्टी एकीकरण भई अगाडि बढेको वर्तमान अवस्थामा सम्पूर्ण देश तथा जनताको ध्यान तथा विश्वास हामीमाथि अढेको छ र उक्त जिम्मेवारी पूरा गर्न हामी कम्मर कसेर लाग्नुपर्छ । हाम्रो वर्तमानकाे प्रमुख आवश्यकता भनेको संविधानको सफल कार्यान्वयन गरी संघीयतालाई सफलता दिलाउनु छ । जसको सफलता हाम्रो सफलता हुनेछ ।”

उहाँले संघीयताको सफलताले देशमा उपलब्ध स्रोत तथा साधनको उच्चतम तथा प्रभावकारी उपयोग गर्न सकिनेछ, जसको परिणाम स्वरुप दशको आर्थिक विकास र वृद्धिले गति लिने विश्वास दिलाउनु भयो ।

अध्यक्ष प्रचण्डले जब देशले हाम्रो कम्युनिस्ट सरकारको पालामा दशले विकास तथा जनताले विकासको मिठो फल पाउने छन् त्यसपछि जनताले हामी र हाम्रो पार्टीमा माहुरी फूलमा झुम्मिएझैँ झुम्मिनेछन् र हामीलाई एक शक्तिशाली कम्युनिस्ट पार्टीको रुपमा स्थापित हुन कुनै पनि तागतले नछेक्ने बताउनु भयो । त्यसका लागि हामी एक प्रगतिशील र उत्तम विचारका साथ अगािड बढ्नुपर्ने पनि बताउनु भयाे ।