काठमाडौं,३ माघ, प्रधानमन्त्री केपी शर्मा ओलीले  चोभारमा आज सुख्खा बन्दरगाहाको शिलान्यास गर्नुभएको छ ।

साविक हिमाल सिमेन्ट कारखानाले चर्चेको चोभार स्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले यो बन्दरगाहा निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य वश्तुको अभाव नहुने बताउनुभयो । दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रुपमा यो बन्दरगाहा उपयोग हुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देश तिव्र विकाको गतिम अघि बढ्ने बताउँदै सरकारका एक वबर्ष कानुन निर्माण र अन्य तयारीमा वितेको बताउनुभयो । “संविधान थियो कानुन थिएन । त्यसले गर्दा एकबर्ष हामीले कानुन बनाउने काममा बितायौं । हामीले अब काम गर्ने वातावरण बनाएका छौं । अब देश तिव्र गतिमा अघि बढ्छ ”प्रधानमन्त्री ओलीले भन्नुभयो ।

बन्दरगाह निर्माणले स्थानीयबासीहरुका लागि रोजगारीका धेरै अवसर सृजना हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । “यहाँ बन्दरगाहा निर्माणले रोजगारीका धेरै अवसर सृजना गर्छ । यातायाले यस ठाउँलाई विभिन्न ठाउँसँग जोड्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “स्थानीयबासीका केही गुनासा र भनाइ भए सम्बन्धित निकायमा जानकारी गराउनुहोस । सरकारले सकारात्मक ढंगले लिनेछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गर्नुभएको छ । “ तोकिएको मितिमा काम सम्पन्न गर्नुहोस । गुणस्तरमा सम्झौता नगर्नुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो । बन्दरगाहा १ अर्व,४८ करोड ३४ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न हुने भएको हो ।