काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि उर्वर भूमी भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आईतवार राजधानीमा आयोजना गरेको कान्तिपुर कन्क्लेभको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशिलता र लगानीको अवसर उपयुक्त भएको धारणा राख्नुभयो।

वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धिद्धर वृद्धि हुने मात्र नभइ नेपालाई विश्वसँग जोडिने एउटा अवसर प्राप्त हुने बताउँदै प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो – “तपाईंहरुको लगानीको सुरक्षा सरकारले गर्छ । लगानीबाट तपाईंहरुले नाफा आजर्न गर्न सक्नुहुनेछ ।”

विकास र समृद्धिका लागि काम गरिरहेको बताउँदै उहाँले यसका लागि सरकारले सुशासनको वातावरण बनाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – “सरकार विकासको दुरदुष्टीमा कुनै दोधारमा छैन । हामी नतिजामुखी विकासको काममा प्रतिवद्ध छौं ।”