rabindra Adhikari left review online
 

काठमाडौं, हेलिकोप्टर दुर्घटनामा परी संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको मृत्यु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना परेको थियो।

मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिक पुगेपछि बुधवार दिउँसो १ः३० बजे दुर्घटनामा परेको हो। हेलिकोप्टरमा मन्त्रीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत थिए । हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।

चार शव सुकेटार  विमानस्थलमा 

मृत्यु भएका सातमध्ये चार जनाको शव सुकेटार विमानस्थल ल्याइएको  छ ।

बाक्लो हिमपातका कारण तीन जनाको शव निकाल्न अझै नसकिएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो । उहाँले डेढ फिटभन्दा बाक्लो हिमपात परेकाले शव निकाल्न नसकिएको बताउँदै भोलि मात्र शव निकाल्ने जानकारी दिनुभयो।

सुकेटर ल्याइएका शव ताप्लेजुङ जिल्ला अस्पतालमा राखिने बताउँदै बिहिबार सात वटै शव एकैसाथ काठमाडौं पठाइने जानकारी उहाँले दिनुभयो । दुर्घटनास्थल भीरमा रहेकाले शव निकाल्न अप्ठ्यारो भएको उहाँको भनाइ थियो ।

बुधबार दिउँसो भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको थियो ।

ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा उक्त हेलिकप्टर फुङलिङ नगरपालिका वडा नं १० स्थित सिरान दाह्रेभीरमा दुर्घटनामा परेको थियो । मन्त्री अधिकारी र शेर्पासहितको टोली तेह्रथुम विमानस्थलको अवलोकन गर्न आज बिहान तेह्रथुमको आठराई जानुभएको थियो ।

 दुर्घट्नामा निधन हुनेहरु :

रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स
वीरेन्द्रप्रसाद श्रेष्ठ : उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण
अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो
युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार
धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण
प्रभाकर केसी : क्याप्टेन

राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने

सरकारले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

केहीबेर अघि सम्पन्न मन्त्रिपरिषदको बैठकले हेलिकप्टर दुर्घटनाका विषयमा छानविन गर्न ४ सदस्यीय छानविन समिति गठन गरेको छ । श्रोतका अनुसार पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको हो ।

सरकारले मन्त्री अधिकारीको निधनको शोकमा भोली बिहिबार राष्ट्रिय शोक मनाउदै देशभर र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ ।