rabindra Adhikari left review online
 

काठमाडौँ । नेकपा निकट युवा संगठनहरू, योङ कम्युनिष्ट लिग, नेपाल र युवा संघ, नेपालले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाप्रति दुःख व्यक्त गरेको छ ।

वाइसीएल, नेपाल र युवा संघ, नेपालले बिहिबार एक संयुक्त विज्ञप्ती जारी गर्दै मन्त्री अधिकारी सहित सात जनाको निधनप्रति दुःख व्यक्त गरेको हो। यो दुःखद घटनाबाट सिंगो मुलुक स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा यस दुःखद घडीमा कमरेड रवीन्द्र लगायत सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्नुका साथै समस्त शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ ।

 

Yuba Sangh ra YCL bigyapti