rabindra Adhikari left review online
 

काठमाडौं,  बुधवार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि दिंवगत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको एकबर्षे कार्यकालमा अहिलेसम्मकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ३२ जना पर्यटक नेपाल आए का थिए।

अधिकारी पर्यटन मन्त्री बनेपछि मात्र मन्टियल सन्धि संसदबाट पास गरी कार्यान्वयनमा आएको हो । यसले अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा नेपालको बिमा २० लाख रुपैयाँबाट बढेर डेढ करोडभन्दा माथि पुगेको थियाे।

मन्त्री अधिकारीले राष्ट्रिय गौरवका रूपमा घोषित भैरहवा, पोखरा, निजगढ विमानस्थल निर्माणमा तीव्रता दिनुभएको थियो । काममा बहानावाजी होइन, गाँठो फुकाएर नतिजामुखी काममा उहाँको सक्रियता विशेष थियो।

नेपाल भ्रमण वर्ष २०२० को आधार तयार पार्ने काम मन्त्री रवीन्द्र अधिकारीले नै गर्नुभएको हो। पर्यटन व्यवसायीमा आत्मविश्वास बढाउन उहाँको ठूलो भूमिका छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घन्टा सञ्चालन गर्दै विमानस्थलको स्तरोन्नतिमा रहेका गाँठा फुकाउन मन्त्री अधिकारीको अग्रणी भूमिका थियो ।

मन्त्री अधिकारीकै पहलमा धनगढी र चन्द्रगढी विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको थियो। आन्तरिक रुपमा नेपाली वायुसेवा कम्पनीले रात्रिकालीन विमान उपत्यकाबाहिर बस्ने गरी काम सुरु गरे । यसले त्रिभुवन विमानस्थलको चाप घटाउन भूमिका खेलेको छ ।