काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाबाट आफूले परिवारका सदस्य गुमाएको जस्तो अत्यन्त पीडा महशुस गरेको बताउनुभएको छ। प्रधानमन्त्री ओलीले बिहिबार फेसबुक पेजमा संक्षिप्त स्टाटस लेख्दै यस्तो बताउनुभएको हो।
प्रधानमन्त्रीले आफ्नो स्टाटसमा लेख्नुुभएको छ ‘हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने एक सारथीका रुपमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, यति एयरलायन्सका प्रबन्ध निर्देशक एवम् अब्बल पर्यटन व्यवसायी आङ छिरिङ शेर्पासहित तेह्रथुमको चुहानडाँडामा नयाँ एयरपोर्टको संभाव्यता अध्ययनका लागि जानु भएको थियो ।
यस दुर्घटनाबाट मैले परिवारका सदस्य झैं असह्य पीडा महशुस गरेको छु । निधन भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै यसबाट पर्न गएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दछु । सरकार साथमा छ हामी सबै साथ–साथ मिलेर यस पीडालाई सहन गर्न सकौं ।