काठमाडौ‌ं, नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने विषयमा पार्टीभित्र कुनै पनि छलफल नभएकोे बताउनुभएको छ ।सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेकोबारे फरक–फरक प्रतिक्रिया आइरहँदाल नेता नेपालले छलफल बिना गरिएका निर्णय ठीक नहुने बताउनुभएको हो ।

पार्टीभित्र बिना छलफल निर्णय लिने चलन ठिक नभएको नेता नेपालको भनाई छ। राष्ट्रिय मुद्दा रहेको हुँदा बिना छलफल निर्णय गरिनुको तुक नभएको भन्दै उहाँले प्रचारात्मक कुराहरुमा जाने प्रवृत्ति देखिएको टिप्प्णी गर्नुभयो । राम्रो तयारी र छलफल गरेर कदम चाल्नुपर्नेमा ओलीले अपरिपक्व कदम उठाएकोप्रति उहाँले आपत्ति जनाउनुभयो ।

छलफल नै नभएको विषयलाई सिंगो पार्टीले जिम्मा लिन नसकिने र प्रधानमन्त्रीको पनि पार्टीले कुनै जिम्मा लिन नसक्ने नेता नेपालको भनाई छ।