काठमाडाैं, केएमसी नेटवर्कले राजधानीमा काठमाडाैं युथ कन्क्लेभ २०१९ को आयोजना गर्ने भएकाे छ । युवाहरुलाई लक्षित गरेर नेटवर्कले यहीँ चैत ५ गते मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रमको आयोजना गर्न लागेको हो ।
‘राष्ट्र नेतृत्वमा युवालाई हाैसला’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रममा राजधानीका विभिन्न कलेजका विद्यार्थीको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रमले विद्यार्थीको करियर, वैयक्तिक क्षमता तथा सिपको विकास गर्ने आयोजकले बताएकाे छ ।
युनिभर्सल कलेज, न्यु समिट कलेज, अपोलो इन्टरनेश्नल कलेज, काठमाडाैं मोडेल कलेज र हिमालयन इन्जिनियरिङ कलेजको संयुक्त आयोजनामा कार्यक्रम हुनेछ । यी कलेजहरुको छाता संगठन नेटवर्कले नेकपाका नेता योगेश भट्टराईलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेको छ ।
कार्यक्रममा बैंकर्स अनिल केशरी शाह, इसेवा प्रमुख तथा प्रधानमन्त्रीका आइटि विज्ञ अस्गर अलि, मिस नेपाल २०१८की विजेता श्रृङ्खला खतिवडा, निर्देशक ज्योजि ग्रुप अफ कम्पनीजका साैरभ ज्योति, कमेडिएन सन्दिप क्षेत्री र गायककार स्वप्न सुमनको प्रस्तुति रहने अायाेजकले बताएकाे छ ।
साथै, कार्यक्रममा विद्यार्थीद्वारा उत्पादित विभिन्न फुड तथा अन्य स्टलहरु रहने छन् । कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई उल्लेखनीय योगदान पुर्याएको भन्दै केवाइसी युथ अवार्ड २०१९ सहित सम्मानका साथै नगद १ लाख राशी नगद सहित सम्मान प्रदान गर्ने आयोजकले जनाएको छ ।