अनेरास्ववियू (क्रान्तिकारी), अस्कल
 

काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी) अस्कल क्याम्पस इकाई समितिले साताव्यापी खेलकुद कार्यक्रम गरी सहिद सप्ताह मनाएको छ ।

महान् जनयुद्धका अमर सहिदहरुको सम्झनामा खेलकुद सप्ताह आयोजना गरिएको इकाई अध्यक्ष खेम सिंह (समर) ले लेफ्ट रिभ्यु अनलाइनलाई जानकारी दिनुभयो ।

शहीद सप्ताह, अस्कल, अनेरास्ववियु

खेलकुद प्रतियोगितामा भलिबल छात्रतर्फ र छात्रातर्फ, फुटबल, क्रिकेट, बास्केटबल, हाजिरी जवाफ, वक्तृत्वकला, बुद्धिचाल, डोरि तान्ने, घैँटो फुटाउने लगायतका खेलहरु भएका थिए । कार्यक्रमका विजेताहरुलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो।

सोमबार भएको समापन कार्यक्रममा बोल्दै उत्साहजनक सहभागिताका लागि अध्यक्ष सिंहले सबैलाई हार्दिक आभार व्यक्त गर्नुभएको थियो । समापन कार्यक्रमलाई केन्द्रीय उपाध्यक्ष दिपेश पुनले सम्बोधन गर्नुभएको थियो ।

अस्कल, शहीद सप्ताह

फागुन १७ गतेदेखि गर्ने भनिएको सहिद सप्ताह ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनापछि स्थगित गरिएको थियो । फागुन २२ गते देखि शुरु भएको खेलकुद सप्ताह सोमवार मात्र समापन गरिएको थियो ।