काठमाडौं, सरकारले पानीजहाज कार्यालयको रजिष्टारमा ऋषिराज कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

चैत ७ र ११ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले चीन अन्तर्राष्ट्रिय सहयोग नियोगबाट नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने जनताको जिवकोपार्जनमा सहयोग गर्नकालागि प्राप्त हुने सहायतालाई स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

बैठकले अन्य २२ निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस्ता छन् सरकारले गरेका २२ निर्णय