काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारीकाे अवसर सिर्जना गर्ने बताउनुभएकाे छ ।

बुधबारबाट काठमाडौंमा सुरु राष्ट्रिय विकास परिषद् बैठकमा  २५ वर्षे दीर्घकालीन सोँचसहित १५ औं योजनाको आधारपत्रको मस्यौंदामाथि भएकाे छलफलमा भाग लिँदै उहाँले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुने खालको शैक्षिक नीति तय गर्न सरकारलाई आग्रह गर्नुभयाे।

अध्यक्ष प्रचण्डले सरकारका आगामी बजेट, योजना र कार्यक्रम समाजमा रहेका सबै प्रकारको विभेद अन्त्य गर्ने खालको हुनुपर्ने आवश्यकता औंल्याउँदै समानता र समृद्धि सँगसँगै जानुपर्ने धारणा राख्नुभयाे ।

जनताले महसुस गर्ने गरी सुशासनमा जोड दिन सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयाे । उहाँले रोजगारी सृजनाका लागि शिक्षा नीतिमा सुधार गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयाे । पढेको जनशक्ति विदेश पलायत हुने क्रम रोक्नका लागि पनि सरकारले आवश्यक योजना बनाउनुपर्ने अध्यक्ष प्रचण्डकाे भनाइ छ ।

यही चैत्र १५ र १६ गते भएको लगानी सम्मेलनमा पनि प्रचण्डले नेपालले समृद्धि र समानता सँगसँगै लान खोजेको बताउनुभएकाेथियाे लगानी गर्न आग्रह गर्दै समृद्धि र समानतासहितको समाजवाद नै नेपालको मूख्य लक्ष्य भएको वताउनुभएकाे थियाे ।