काठमाडाैं, १ सय ३० औं मई दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) भव्यतापूर्वक मनाइने भएकाे छ । मजदुरहरुकाे संयुक्त संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले १ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेकाे हाे ।
सामाजिक सुरक्षा ऐन र श्रम ऐनको कार्यान्वयन बिना श्रम क्षेत्रको समस्या हल नहुने हुनाले संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको संयुक्त आयोजनामा यस बर्षको १ सय ३० औं मई दिवस भव्यतापूर्वक मनाउने र त्यसका लागि सम्पूर्ण तयारीमा ध्यान दिने बताइएकाे छ ।
चैत २४ गते आइतवार बसेकाे बैठकमा श्रम ऐन र सामाजिक सुरक्षा कार्यान्वयनका लागि नेपाल सरकार र सबै राजनैतिक दल र व्यावसायिक संगठनहरुले एउटै मन्चबाट प्रतिवद्धता ब्यक्त गर्ने र श्रम ऐन र सामाजिक सुरक्षा कार्यान्वयनका लागि लागि पर्ने अध्यक्ष गणेश रेग्मीले बताउनुभयाे । संसारका मजदुर एक हौं भन्ने मुल नारालाई साकार पार्ने बेला आएको र सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयनको लागि प्रभावकारी भूमिका खेल्न सम्पूर्ण मजदुर संगठन लाग्नुपर्ने जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले बताउनुभयाे।
नेपाल ट्रेड युनियन कंग्रेसका अध्यक्ष तथा आइटियुसि एनएसीका अध्यक्ष पुष्कर आचार्यले अब सबैको चिन्ता श्रम सम्बन्धी ऐन कानुनको कार्यान्वयनमा नै केन्द्रित रहनुपर्ने धारणा राख्नुभयाे । श्रम ऐनको हुबहु कार्यान्वयन, सामाजिक सुरक्षा ऐनको कडाईका साथ कार्यान्वयन त्यसका लागि कम्पनी तथा प्रतिष्ठानको सुचिकरण र सबै खाले श्रमिकहरुको सामाजिक सुरक्षा ऐन र कार्यविधि अनुरुपको सुचिकरणलाई मुख्य विषय बनाउनुपर्ने अन्टुफ महासचिव जगत सिम्खडाले बताउनुभयाे ।
बैठकमा नेकपा नेत्री तथा संगठनकी इन्चार्ज जयपुरी घर्ती उपस्थित हुनुहुन्थ्याे । उहाँले मजदुर दिवशमा आयाेजना गर्न लागिएकाे कार्यक्रम सफल पार्न सबैतिरवाट तयारी गर्न निर्देशन दिनुभएकाे छ ।
यस्ताे छ मइ दिवशकाे इतिहास
८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको समयको माग गर्दै अमेरिकाको सिकागो शहर र युरोपका मजदुरहरुले गरेको संघर्षको स्मरण गर्दै हरेक मई १ तारिख (बैशाख १८)का दिन विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवश मनाउने गरिन्छ ।
सन् १८९० देखि यो दिवश विश्वभर मनाउन थालिएको हो । मजदुरहरुले ठूलो संघर्ष गरेर अधिकार प्राप्त गरेको दिनको सम्झना स्वरुप अन्तर्राष्ट्रिय मजदुर दिवश हरेक साल मनाउने गरिन्छ । नेपालमा १९६३ देखि मजदुर दिवस मनाउन थालिएको हो । वि सं २०६४ सालबाट मात्र आधिकारीक रुपमा मजदुर दिवसको दिन सार्वजनिक बिदा दिन शुरु गरिएको हो ।