काठमाडौं, भुटानका पूर्वप्रधानमन्त्री दाशो छिरिङ तोग्वेले अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएकाे छ ।
नीजि भ्रमणका लागि नेपाल आईपुग्नुभएका तोग्वेले भुटान फर्कनु अघि शनिबार खुमलटारमै पुगेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गर्नुभएकाे हाे । उहाँले खुमल्टार पुग्ने वित्तिकै प्रचण्ड पत्नी सीता दाहालको स्वस्थ्य अवस्था सोधखोज गर्नुभएकाे थियाे ।
जवाफमा प्रचण्डले श्रीमतीको स्वस्थ्य राम्रो हुंदै गएको बताएपछि तोग्वेले खुसी व्यक्त गर्नुभयाे । भेटमा तोग्वेले प्रचण्डकाे श्वास्थ्य स्थिति साेध्दै भन्नुभयाे – ‘नेपाल र नेपालीका लागि पनि तपाइ धेरै बाँच्नु पर्छ, त्यसैले म्याडमसँगै तपाई आफ्नो स्वाथ्यको पनि ख्याल गर्नु होला ।’
त्यस अघि तोग्वेले बढी ढुक्क भएका कारण चुनावमा पराजित हुन पुगेको कुरा सुनाउनुभएकाे थियाे । जवाफमा अध्यक्ष प्रचण्डले तोग्वेलाई राजनीतिक जिवनमा सफलताको शुभकामना दिनुभयाे ।अध्यक्ष प्रचण्डसँगको तोग्वेको सम्बन्ध अध्यक्ष अघिल्लो पटक प्रधानमन्त्री हुँदादेखि नै सुमधुर रहेकाे छ ।