Pralesa Chairman Dr Jitendra Dev Giri
 

काठमाडौँ । नेपालका बामपन्थी तथा राष्ट्रवादी लेखकहरूको साझा तथा नेतृत्वदायी संगठन प्रगतिशील लेखक संघ, नेपालको एघारौं राष्ट्रिय सम्मेलन यही २०७५ चैत्र २२ र २३ गते काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले एघार बुँदे घोषणापत्रसहित नयाँ केन्द्रीय समिति एवम् राष्ट्रिय परिषदको निर्माण गरेको छ ।

एघारौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिमा अध्यक्षमा प्रा.डा. जीवेन्द्रदेव गिरी, उपाध्यक्ष–गोपीरमण उपाध्याय एवम् सुशीला प्रधानाङ्ग, महासचिव समीर सिंह, उपमहासचिव आर.सी. न्यौपाने, सचिवमा प्रकाश थापा मगर र बाबुराम आचार्य, कोषाध्यक्षमा डा. ध्रुवप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

प्रलेस, नेपालको केन्द्रीय सदस्यमा लोकबहादुर थापा, डा. देवी क्षेत्री दुलाल, केशव थापा, जनक रसिक, गिरीप्रसाद बुढा, नारायण मरासिनी, नवराज रिजाल, मधु पोखरेल, राममणि पोखरेल, डा. दीपक गौतम, सरस्वतीकुमारी राई, नरेश न्यौपाने, ओमप्रकाश घिमिरे, बालकृष्ण अधिकारी, मणि अर्याल, झगिन्द्रराज ढकाल ‘पारस’, सुमित्रा वाङ्देल ‘चेली’, इन्द्रराज लामा, पुरु लम्साल, बम बानियाँ, मधु क्षेत्री, राजेश विक, प्रदीप प्रधान, मीनबहादुर राना, जीवन शाही, ताराप्रसाद शर्मा, कमल कार्की, अर्जुन पौडेल ‘निर्जन’, शालिकराम तिमल्सिना, ऋद्धिरमण घिमिरे एवम् शरद अधिकारी निर्वाचित भएका छन् ।

सम्मेलनले प्रलेसको राष्ट्रिय परिषद् सदस्यमा अनन्तबहादुर कार्की, सुवास खनाल, कल्याण ओझा, ताराबहादुर बुढाथोकी, पुष्कर रिजाल, प्रशान्त खरेल, भैरवी भुगोल, बोधकुमार घिमिरे, बिजुला रायमाझी, युवराज दाहाल, विजया सुवेदी, होम भट्टराई, कल्पना पौडेल ‘जिज्ञासु’, सुभास जिसी, बिनु केसी, केशवनाथ योगी, राम बसु, रितु केसी, ध्रुव गिरी, धर्मराज दानी, लोक लामा, जगत वशिष्ठ, कौशिला रिसाल, डा. यादेवी ढकाल, शेखर अर्याल, प्रेमिला राई, रामबहादुर घिसिङ, धनकुटे कान्छा, गनेसकुमार राई, पदम बडाल, कृष्ण किसु, यादवराज आचार्य, सुब्बा श्रेष्ठ, सुवास रिजाल, बाबा बस्नेत, देवी पन्त, कल्पना पौडेल, हेमराज आश्रय एवम् विजय रानालाई निर्वाचित गरेको छन् । सम्मेलनले ६ केन्द्रीय सदस्य र सात राष्ट्रिय परिषद् सदस्य रिक्त राखेको छ ।

सम्मेलनले एघार बुँदे समसामयिक प्रस्ताव समेत पास गरेको छ । सम्मेलनबाट पारित प्रस्तावमा एकीकृत प्रलेस निर्माणका लागि पहलकदमी गर्ने, मुलुकमा संवाद, सहकार्य र समझदारीको राजनीतिको विकास होस् भनेर सम्बन्धित सबै पक्षलाई आग्रह गर्ने, प्रलेसको भौतिक पूर्वाधार निर्माणका लागि पहल गर्ने, विचार, संगठन र सिर्जनाका माध्यमबाट नेपालको साहित्यिक क्षेत्रमा सिर्जनात्मक हस्तक्षेप गर्ने र प्रगतिवादी साहित्यलाई अघि बढाउन सम्पूर्ण प्रगतिशील प्रगतिवादी स्रष्टालाई आग्रह गर्ने, विगतका केन्द्रीय समितिले प्रारम्भ गरेको प्रगतिशील साहित्यको इतिहास लेखन कार्यलाई सम्पन्न गर्न र त्यसलाई प्रकाशन गर्न नवनिर्वाचित समितिलाई निर्देश गर्ने, मुलुक संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा भाषा, साहित्य, कला एवम् संस्कृतिसँग सम्बन्धित राज्यका निकाय प्रदेश स्तरमा पनि स्थापना गर्ने कार्यमा लाग्न नेपाल सरकारसँग जोरदार माग गर्ने, देशका विभिन्न ठाउँमा आँधीबेहेरीका कारण मृत्यु एवम् घाइते भएका नागरिकप्रति सम्वेदना प्रकट गर्नुका साथै सम्बन्धित पीडित नागरिकलाई राहत पुर्‍याउन राज्य तथा गैरसरकारी संघसंस्थालाई आग्रह गर्ने, देशका विभिन्न ठाउँमा भएका आपराधिक घटना (निर्मला पन्त हत्याकाण्ड लगायत) को न्यायपूर्ण छानबिनका साथै दोषीमाथि कडा कारवाहीको लागि राज्यसँग माग गर्ने, देशमा बढ्दै गएको जातीय, क्षेत्रीय चिन्तनका कारण समाजमा विभाजनको सोच बढ्दै गएकोमा चिन्ताका साथै देशमा राष्ट्रिय एकताको भाव सिर्जना र मूलधारबाट किनारामा परेका जाति, समुदाय एवम् क्षेत्रका जनताको समस्याप्रति गम्भीर बन्न राज्यलाई आग्रह गर्ने, सिरिया लगायतका मुलुकमा सामान्य नागरिकको हत्या गर्ने, हिंसात्मक गतिविधि फैलाउने गतिविधिप्रति घोर विरोधका साथै शान्ति स्थापनाका लागि सबै पक्षलाई आग्रह गर्ने, शक्ति राष्ट्रहरूले निकटस्थ साना तथा छिमेकी राष्ट्रलाई हेप्ने नीति अख्तियार गरेर तिनलाई कमजोर बनाउँदै लैजाने नीति सच्याई साना मुलुकको सार्वभौम अधिकारको रक्षा तथा सम्मान गर्ने रहेको छ ।