काठमाडाैं । तत्कालीन नेकपा (माओवादी केन्द्र) को सहायक संगठनको रूपमा रहेको युथ कम्युनिष्ट लिग (वाइसिएल) का अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई ज्यान मार्ने धम्की आएको छ ।

वाइसिएल अध्यक्ष दीपशिखाले आफ्नो फेसबुकमा पोस्ट गर्दै आफूलाई ज्यान मार्ने धम्की आएको र धम्की आएको नम्बरबारे कुरा सार्वजनिक गरेका छन् । उनले पोस्ट गरेको स्कृनसटमा ‘सीधा कुरा जनतासँग, न्युज २४’ को लोगो स्पष्ट देखिन्छ ।

Ram Prasad Sapkota Deepshkikha facebook screenshot

यो +९६६५०१३१८३३ नम्बरबाट इमोमा फोन गरेर आफू रवि लामिछानेको समर्थक भएको भन्दै वाइसिएल अध्यक्ष दीपशिखालाई पटक पटक फोन गरेर ज्यान मार्ने धम्की आउने गरेको वाइसिएल महासचिव सुबोध सेर्पालीले जनाए ।

साउदी अरबबाट फोन गरेर दीपशिखालाई सागर हिन्दु नाम बताउने एक जना व्यक्तिले ज्यान मार्ने धम्की दिएपछि वाइसिएलले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आज फेसबुकमा स्ट्याटस लेख्दै महासचिव सेर्पालीले संगठनको ध्यानाकर्षण भएको भन्दै हिम्मत भए खुला स्थानमा आउन समेत चेतावनी दिएका छन् । इमोमा रवि लामिछानेको फोटो र उनले चलाउने कार्यक्रमको फोटो राखेर धम्की आउन थालेपछि वाइसिएलले कारबाही गर्ने जनाएको छ ।

Subodh Serpali Screenshot