काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले ललिता निवास प्रकरणमा स्पष्टिकरण दिनुभएकाे छ । सोमबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै महासचिव पौडेलले ललिता निवास प्रकरणमा आफ्नो पनि नाम आएकोले स्वतन्त्र रुपमा छानबिन गरेर दोषी प्रमाणित  भए कारबाही भोग्न तयार भएको बताउनुभयाे ।

उहाँले ललिता निवास प्रकरणमा आफू दोषी प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको स्पष्टीकरण दिनुभएकाे हाे । ‘ललिता निवास जग्गा प्रकरणका सम्बन्धमा मलगायत पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र बाबुराम भट्टराईका नामहरु आएका छन्, मैले यस सम्बन्धमा सत्यतथ्य सार्वजनिक गरेको थिएँ, उहाँले भन्नुभयाे – ‘वर्तमान सरकारले गैरकानूनी तवरमा व्यक्तिका नाममा रहेका सरकारी जग्गा सरकारको स्वामित्वमा फर्काउन चालेको कदमलाई स्वागत गर्दछु। यस प्रकरणमा म दोषी ठहर भएका कारबाही भोग्न तयार भएको अवगत गराउन चाहान्छु।’

उहाँले सरकार जनताप्रति उत्तरदायी भएको बताउनुभयाे। उहाँले भन्नुभयाे – ‘यस वर्षको नीति तथा कार्यक्रमले एक थान नीति कार्यक्रम प्रस्तुत गरेरमात्र जिम्मेवार पूरा हुँदैन। यसको कार्यान्वयनका विषयमा जोड दिएकोले संसदप्रति जवाफदेहिता रहेको महसुस गरेको छु।’