sushil pande and helth minister Upendra pande conversation in avnews tv
 

काठमाडाै‌ं, समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई एभिन्युज टेलिभिजनका पत्रकारले पत्रकार आचार संहिता विपरित प्रश्न सोधिएको समाजवादी पार्टीले जनाएको छ ।

आइतबार राति ९ बजे एभिन्यूज टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको अन्तवार्ताको क्रममा पत्रकारबाट अभद्र र पूर्वाग्रही तरिकाले प्रश्न सोधिएको भन्दै  समाजवादी पार्टीले उक्त घटनाको घोर निन्दा गरेको छ ।

पत्रकारिता जगतको नै मानमर्दन हुने गरी अपमानजनक एवं बदनियतपूर्ण ढंगले यादवमाथि भएको यस्तो दुर्व्यावहारकाे घोर निन्दा एवं भर्त्सना गर्नुपर्ने पार्टीका केन्द्रीय कार्यालय उपमहासचिव प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा  उल्लेख छ । पार्टीले याे दुःखद घटनालाई लिएर कार्यकर्ताहरुलाई उत्तेजित नहुन निर्देशन समेत दिएको छ ।

विज्ञप्तिमा भनिएको छ – ‘आइतवार राति एभिन्युज टेलिभिजनको कार्यालयमा भएको दु:खद घटनालाई लिएर उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टी पंक्ति एंव आम कार्यकर्तालाई निर्देश गर्दछौं ।’

त्यसैगरी, समाजवादी युवा नेपालले समेत टेलिभिजनको स्टुडियोभित्र गरिएको सञ्चार आचारसंहिता विपरित, अमर्यादित र क्षुद्र व्यवहारप्रति गम्भीर ध्यानकषर्ण भएको जनाएको छ ।

युवा नेपालका सह–इन्चार्ज फिरोज मसुंरद्वारा जारी विज्ञप्तिमा उल्लेख  छ – ‘सम्बन्धित सञ्चार संस्था, प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघ नेपालसँग यस्ता व्यवहार गर्ने पत्रकारलाई अनुशासनको कारबाहीको लागि माग गर्दछ ।’

अन्तर्वार्तामा उपप्रधानमन्त्री यादव र अन्तर्वार्ता प्रस्तोताबीच सामान्य भनाभन भएपछि यादव बीचमै माइक निकालेर कार्यक्रमबाट बाहिर निस्किनुभएकाे थियाे । सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भइरहेको छ । भिडियो भाइरल भएपछि सोमबार नै एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा सोमबार दिउँसो तोडफोड  समेत भएको थियाे ।

प्रेस काउन्सिल नेपालले  एभिन्युजसँग  माग्याे स्पष्टीकरण 

यसैबिच प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री  यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेकोे छ ।

उपप्रधानमन्त्री यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा अन्तर्वार्ताकारले पत्रकार आचारसंहिताको ख्याल नगरेको र शिष्टतालाई ध्यान नदिइएको ठहर गर्दै उक्त काउिन्सलले टेलिभिजनसँग स्पष्टीकरण सोधेको हो ।

एभिन्युज टेलिभिजनलाई तीन दिनभित्र जवाफ दिन निर्देशन दिइएको काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिनुभयाे ।

सामाजिक सञ्जालमा गाली र तालीकाे बर्षात

यसैबिच कार्यक्रम प्रस्ताेता सुशिल पाण्डेलाइ सामाजिक सञ्जालमा ट्राेल बनाइएकाे छ । उहाँलाइ गालि र तालीकाे बर्षात भइराखेकाे छ । सामाजिक सञ्जालमा पाण्डेकाे प्रस्तुती लाइ लिएर गरमागरम बहश भइराखेकाे छ ।

हेर्नुहाेस केही उदाहरणहरु