Bishnu Prasad Poudel, General Secretary of Nepal Communist Party (NCP)
 

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पाैडेलले जेठ ३ गते पार्टी एकीकरण टुंगिएको घोषणा हुने बताउनुभएकाे छ । उहाँले जेठ ३ गते पार्टी एकता भएकाे एक बर्ष पुगेकाे अबसरमा एक कार्यक्रम गरी पार्टी एकता टुंगिएकाे घाेषणा गरिने जानकारी दिनुभयाे । गत बर्ष जेठ ३ गते  नेकपा एमाले र माओवादीबीच पार्टी एकता गरिएकाे थियो ।

तत्कालिन एमाले सम्वद्ध युवा संघ नेपालको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बाेल्दै महासचिव पाैडेलले केही दिनमै पार्टी एकीकरण टुंगिने बताउनुभएकाे हाे ।

महासचिव पौडेलले भन्नुभयाे – ‘एकताका धेरै महत्वपूर्ण काम सकिएपनि केही बाँकी छन् भनेर गुनासो आइरहेको छ । अब त्यो गुनासो पनि धेरै दिन सुन्नु पर्दैन । पार्टी एकता अबको केही घण्टाभित्र टुंगिन्छ । जेठ ३ गते विहान एकता प्रक्रियामा बाँकी रहेका विषय टुंगिएको घोषणा हुनेछ ।’

सोही अवसरमा बरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालले पनि जनवर्गीय संगठनहरुको एकीकरण तत्कालै टुंगो लाग्ने बताउनुभयाे । खनालले जेठ ३ मा केही गरि नसकिएपनि जेठभित्रमा सबै काम सकिने धारणा राख्नुभयाे ।

नेकपाले पाेलिटव्यूराे, केन्द्रिय समिती, प्रदेश समिती र अधिकांश स्थानीय तहमा समेत एकताकाे काम सकेकाे छ । केही जनवर्गीय संगठनहरुको एकीकरण भने बाँकी रहेको छ ।