काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ ले सबै जिल्ला कमिटी नेतृत्व टुंग्याएको छ । प्रदेश कमिटीको आइतबारको बैठकले जिल्ला नेतृत्व छिनोफानो गरेको हो ।
मुलुककै सबैभन्दा बढी अर्थात् १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा नेकपाले अध्यक्षसहित २ सय २५ सदस्यीय कमिटी बनाएको छ । नेकपाले काठमाडौ कमिटीमा पूर्व एमालेबाट ६० र पूर्व माओवादी केन्द्रबाट ४० प्रतिशत भागवण्डाको आधारमा नेतृत्व बाँडफाँड गरेको छ ।
काठमाडौं कमिटीमा एमालेबाट अधिकांश पुरानै अनुहार दोहाेरिएका छन् । केही अनुहार नयाँ थपिएका छन् । त्यस्तै माओवादी केन्द्रबाट पनि कमिटीमा केही नयाँ थपेर विगतकालाई नै दोहाेर्याएको छ ।