Nanda Bahadur Pun Pashang
 

काठमाडौँ, अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति नन्दबहादुर पुन  ‘पासाङ’ जलवायुसम्बन्धी कार्यक्रममा भाग लिन आगामी आइतबार भियना जाने हुनुभएकाे छ ।

आगामी जेठ १४ मा हुने आर २० नामक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उपराष्ट्रपति पुन त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । उहाँसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पनि अष्ट्रिया जानुहुने बताइएकाे छ ।

उपराष्ट्रपति पुन सोमबार भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा समेत सहभागी हुने बताइएको छ । सो केन्द्र भियनाको बहुपक्षीय कूटनीतिको केन्द्रका रुपमा रहेको छ । उहाँ जेठ १७ गते स्वदेश फर्किने  परराष्ट्र मन्त्रालयले  जनाएकाे छ ।