काठमाडाैं, मुटुको भल्भमा समस्या देखिएपछि दाङ देउखुरीका एक युवाले उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैसँग याचना गरेका छन् । दाङ गढवा–३, धैरेनी स्थायी घर भएका २१ बर्षीय विशाल परियारले उपचारका लागि आर्थिक सहयोग गरिदिन मिडिया गुहारेका हुन् ।
लाउँलाउँ र खाउँखाउँको उमेरमा श्वासप्रश्वासका कारण उनलाई हिँडडुल गर्न मात्र होइन, बस्न र खान समेत अप्ठेरो भएको छ । समस्या बढ्दै गएपछि उनी मुटुको शल्यक्रियाका लागि काठमाडौंको बाँसवारी स्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका छन् ।
एकाएक श्वास बढेर खाना चपाउन समेत नसकेपछि उनले एक सातादेखि खाना खान सकेका छैनन् । रकमको अभावले शल्यक्रियाको काम अगाडि बढ्न नसकेको विशालका आफन्त विनोद कुमार दमाईले बताए ।
अस्पतालले मुटु रोगको उपचारमा एक लाख रुपैंयासम्म छुट दिने भनेकाे विनाेदले बताए । शल्यक्रियाका लागि आवश्यक औषधी र अन्य सामान किन्दा ५० हजार भन्दा बढी खर्च लाग्ने र त्यति पैशाको जोहो गर्न आफूहरुलाई निकै संकट परेको उनले बताएका छन् ।
विशालका दुई दाजु पहिले नै परिवारवाट अलग भएर बसेको र बाबुआमा बृद्ध अवस्थामा रहेको हुनाले उनको परिवारलाई ५० हजार जुटाउन हम्मे हम्मे परेको छ । २१ बर्षका विशाल मजदुरी गरेर कमाउन सक्ने उमेर भएपनि श्वास्थ्यका कारण थलिएर अस्पतालको बेडमा सुतिरहेका छन् । बेच्नका लागि उनीसँग ऐलानी जग्गामा बनाएको सानो खरले छाएको झुपडी बाहेक अरु कुनै जग्गा जमिन छैन ।
मनकारी व्यक्तिको सानो सहयोगले विशालले नयाँ जीवन पाउनेछन् । भनिन्छ एकले थुकी सुकी सयले थुकी नदी । तपाई हाम्रो सानो सहयोगले उनको जीवन बाँच्न सक्छ । तसर्थ जे जति सकिन्छ आर्थिक सहयोग गर्न पछि नहटौं ।
सहयोगका लागि बिनोद कुमार दमाईको नाममा रहेको एनआइसि एसिया बैंकको खाता नम्बर २८९७६५८८१८५२४०१ मा रकम जम्मा गरिदिन सक्नुहुनेछ । साथै मोबाइल नम्बर ९८२२९०२०२५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।