Chairman Prachanda at Coffee Sammelan
 

बिराटनगर । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सरकारले प्रतिबन्ध लगाएको नेक्रविक्रम चन्द विप्लव समूहको गतिविधि अब धेरै अघि नजाने संकेत गरेका छन् ।

बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित सोमबार कुरा गर्दै उनले शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नभएको बताएका छन् । ‘मलाई लाग्छ यो अन्तिम अन्तिम हुनुपर्छ। उहाँहरु अन्ततः वार्तामा आउनुको विकल्प छैन’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले भने ‘बम आतंक फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन।

अहिलोको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना, भावना, राष्ट्रको आवश्यकता बम पड्काउने नभएको उल्लेख गर्दै प्रचण्डले लाग्नुपर्नेमा जोड दिए।

वार्तामा आउने भनेपछि प्रतिबन्ध ठूलो समस्या नभएको भन्दै प्रचण्डलेले वार्ताको पहल भइरहेको संकेत समेत गरे।