Xi-Jinping and Vidya Devi Bhandari in Beijing
 

काठमाडौँ । सन् २०१९ को अप्रिल २९ तारिखका दिन चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेइजिङमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट-वार्ता गर्नुभएको थियो ।

वार्ताको अवसरमा राष्ट्राध्यक्ष सीले चीन र नेपाल बिच हजारौँ वर्षअघिदेखिको मैत्रीपूर्ण आदान-प्रदानको इतिहास रहेको र दुवै देशका जनताको बिचको मित्रता गहन रहेको बताउनुभएको थियो । उहाँले चीनले दुवै देश बिचको सम्बन्धमा उच्च ध्यान दिएको, नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई समर्थन गरेको पनि बताउनुभयो ।

उहाँले दीर्घकालीन वीनको मुख्य हित तथा महत्त्वपूर्ण समस्याबारे नेपालद्वारा दिइएको समर्थनका लागि सह्राना व्यक्त गर्नुभयो । साथै नेपालको ‘एक पेटी, एक मार्ग’ मा सकारात्मक सहभागितालाई चीनले सह्राना गरेको बताउनुभयो ।

सन् १९५५ को अगष्ट एक तारिख चीन र नेपाल बिचमा दौत्य सम्बन्ध स्थापना भएको हो र विगत ६४ वर्षदेखि दुवै मुलुक बिचको उच्च-स्तरीय आदान-प्रदान कायम रहेको छ । दुई देश बिचको उच्च-स्तरीय आदानप्रदानका रोचक दृष्यहरू हेरौँ ।

Chinese President Xi-Jinping and Nepali President VidyaDevi Bhandari in Beijing
सन् २०१९ मा सी चिनफिङ र नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी बिचको भेटवार्ता
Xi Jinping and KP Sharma Oli in Beijing
सन् २०१८ मा सी चिनफिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओली बिचको भेटवार्ता
Ex-PM Pushpa Kamal Dahal Prachanda and Chinese President Xi Jinping
सन् २०१७ मा सी चिनफिङ र नेपालका तत्कालीन प्रधानमन्त्री प्रचण्ड बिचको भेटवार्ता
Ex king Birendra Shaha and Chinese Leader Deng Xiaoping in Nepal
सन् १९७८मा तङ सियाओ फिङद्वारा नेपालको भ्रमण
Chau En Lai and BP Koirala, China-Nepal peace and Friendship treaty
सन् १९६० मा चाउ एनलाई र नेपालका तत्कालीन प्रधानमन्त्री बिपि कोइरालाद्वारा चीन-नेपाल शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर
Mao tse tung and Ex King Mahendra Shah in China
सन् १९६१ मा माओ त्सेतुङ र नेपालका तत्कालीन राजा महेन्द्र शाह बिच चीनमा भेटवार्ता

यो ६० वर्षभन्दा धेरै समयमा अन्तर्राष्ट्रिय परिस्थितिमा धेरै परिवर्तन आएको छ । तापनि दुई मुलुक बिचको सम्बन्ध स्थीर र स्वस्थ रूपमा विकास हुँदै आएको छ । दुई देश बिचको सहयोगमा अझै विस्तार हुँदै आएको छ । चीन र नेपाल बिचको मैत्री सम्बन्ध अमर रहोस् ।

(चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको सहयोगमा)