chairmam prachanda, ncp, high tea, dhangadhi
 

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका आवश्यकता र मागलाई मुल्याङ्कन गर्दै काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले धनगढीमा आयोजना गरेको स्थानीय तहका पदाधिकारीहरुको विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘जनताका आवश्यकता र मागलाई मुल्याङ्कन गर्दै सम्बोधन गर्नुस् ।’ अध्यक्षले सुदूरपश्चिमको पार्टीको विकास र विकास निर्माण र समृद्धिको निम्ति नयाँ वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले पार्टी एकताका केही विषय मात्रै रहेका सबै काम टुङ्ग्याउनका लागि छलफल जारी रहेको बताउनुभयो । गुट कायमै भयो भने पार्टी कमजोर हुने भन्दै उहाँले त्यसलाई अत्य गर्नुपर्नेमा जोड दिनुभयो ।

Dhangadhi chiyapan prachanda, bhim rawal

उहाँले एकअर्को प्रसंगमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव, चीन सरकारका विदेशमन्त्री र राष्ट्रपतिको भ्रमणले नेपाललाई फाइदा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीहरुको अन्तर्क्रिया हुँदा उहाँहरुले आफ्नो कुरा राख्नुभयो । हामीले ९ करोड पार्टी सदस्यलाई कसरी सन्तुष्ट राखेका छौं ? ९ करोड पार्टी सदस्यबाट कसरी सबैलाई सन्तुष्ट राखेका छौं ?’ ‘गुट भनेको पार्टीका लागि महाघातक रोग हो । गुट हुँदा पार्टी सकिन्छ’ चिनियाँ कम्युनिष्ट पार्टीको प्रशंसा गर्दै अध्यक्ष प्रचण्डले भन्ननुभयो ।

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको सरल र गम्भीर विषयमा ध्यान दिएर सोच्न आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले अगाडि भन्नुभयो, ‘पार्टी एकताको काम लगभग सकिएको स्पष्ट पारेका छन् । अब केही घण्टाको सचिवालय बैठक बस्नेबित्तिकै पार्टी एकताका बाँकी कामहरु टुंगिन्छ ।’ दुई तिहाइको सरकारको काम गरेन भन्ने जनआवाज आफूहरुले सुनेको भन्दै आफू देशभर घुमिरहेको उहाँको भनाई थियो ।