Prime Minister KP Sharma Oli Left Review Online
 

काठमाडौं, ४ मंसीर। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । उहाँले केही मन्त्रीहरूलाई हटाई सो स्थानमा नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको छ । लामो समयको जोरबलपछि गरिएको मन्त्रीमण्डलको पुनर्गठनमा केही मन्त्रीहरूको जिम्मेवारी यथावत छ भने केहीको जिम्मेवारी परिवर्तन गरिएको छ ।

मन्त्रीपरिषद पुनर्गठनको औपचारिक जानकारी राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् दिएको छ । नवनियुक्त मन्त्रीहरुलाई भोलि (बिहीबार) बिहान सपथ गराइनेछ। यससँगै मन्त्रीपरिषदको अन्यौल पनि हटेको छ । प्रधानमन्त्री ओलीले तीन जनालाई राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले महिला, बालवालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, उद्योगमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ र कृषि राज्यमन्त्री रामकुमारी चौधरीलाई हटाएका छन् ।

नयाँ थपिएका मन्त्रीहरुमा केही नयाँ र केही पुराना अनुहार छन् । नेता घनश्याम भुसालले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् । बहालवाला उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

हेर्नुस् नवगठित मन्त्रीपरिषदको पूर्ण सूचः-

Council of Ministers

Council Ministers - name list