Nepal Oil Corporation Nigam, Golden jubilee,
 

बुटवल । देशभर पेट्रोलियम पदार्थको आपूर्ति तथा वितरणको सम्पूर्ण जिम्मेवारी बहन गरिरहेको नेपाल आयल निगम लिमिटेडले यही पौष २६ गते विभिन्न कार्यक्रमहरू गरी आफ्नो स्वर्ण जयन्ती (५०औँ वार्षिकोत्सव) भव्य रूपले सम्पन्न गरेको छ ।

‘सहजता, शुद्धता र पारदर्शिता – नेपाल आयल निगमको प्रतिबद्धता’ भन्ने मूल नारा र उद्देश्यसहित स्थापना भएको नेपाल आयल निगम लिमिटेड स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा निगमको केन्द्र र देशका सात वटै प्रदेशमा रहेका डिपोहरुमा कर्मचारी सम्मान, अतिरिक्त क्रियाकलाप लगायतका विभिन्न कार्यक्रमहरू गरेर स्वर्ण जयन्ती मनाएको हो ।

आफ्नो ५०औँ वार्षिकोत्सवको अवसरमा नेपाल आयल निगम लिमिटेड ५ नम्बर प्रादेशिक कार्यालय, भलवारी, रुपन्देहीले पनि डिलर्स व्यावसायी, ट्यांकर व्यावसायी, यातायात मजदुर, ट्यांकर चालक र ढुवानीकर्ताहरुलाई सम्मान तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरेर मनाएको कुरा सोही कार्यालयका लेखा प्रमुख रमेश ज्ञवालीले लेफ्ट रिभ्यु अनलाइनलाई बताउनु भयो ।

स्वर्ण जयन्तीको अवसरमा नेपाल आयल निगम लिमिटेड ५ नम्बर प्रादेशिक कार्यालय, भलवारीमा आज आयोजित वार्षिकोत्सव कार्यक्रममा बोल्ने पेट्रोलियम र ट्यांकर व्यावसायी तथा चालक र मजदुरहरुले नेपाल आयल निगमकै इतिहासमा निगमको भलवारी डिपोबाट इन्धनको आपूर्ति धेरै सहज र सरल भएको बताएका थिए ।

उनीहरुले निगमले यस क्षेत्रका निगमसंग सम्वद्ध व्यावसायी तथा चालक मजदुरहरुसँग समन्वय गरेका कारण आपूर्ति व्यवस्थापन सहज हुनुका साथै व्यवसायीहरुले माग अनुसारको इन्धन प्राप्त गरेको भन्दै यसमा कमी आउन नदिन निगम नेतृत्वसँग आग्रह गरेका थिए ।

स्वर्ण जयन्ती समारोहमा आफ्नो मन्तव्य राख्दै नेपाल आयल निगमको ५ नम्बर प्रादेशिक कार्यालय, भलवारीका प्रमुख इन्जिनियर सुरज शाहले आफूले २०७५ साउनमा भलवारी डिपोको नेतृत्व सम्हालेसँगै इन्धन आपूर्तिमा व्यावसायीलाई फरक अनुभूति गराउने प्रतिबद्धता अनुरुप केही सहज र सरल व्यवस्थापन गर्न सफल भएको भन्दै आगामी दिनमा थप परिमार्जन गर्दै जाने बताउनु भयो ।

प्रमुख शाहले “पछिल्लो समयमा इन्धनको माग बढेको र डिपोको हालको संरचनाले यस क्षेत्रको मागलाई सम्बोधन गर्न नसक्ने कुरालाई मध्येनजर गर्दै डिपोको भण्डारण क्षमता बृद्धि र आन्तरिक सुधारका लागि पहल भइरहेको” भन्दै “यसका लागि निगम र निजी क्षेत्रको बिचमा सहकार्य र समन्वय जरुरी रहेको” बताउनु भयो ।

निगमका प्रबन्धक शैलेन्द्र भुसालले इन्धनको आपूर्ति र यसको व्यवस्थापन गर्ने कार्य जोखिमपूर्ण, संवेदनशील र चुनौतिपूर्ण भएपनि पेट्रोलियम व्यवसायी, ट्यांकर व्यावसायी, यातायात मजदुर, ट्यांकर चालक र ढुवानीकर्ताको सहयोग, सहकार्य र समन्वयमा आपूर्ति व्यवस्थापनमा सहज भएको बताउनु भयो । विषम परिस्थिति बाहेक निगमले इन्धनको अभाव हुन नदिने भन्दै प्रबन्धक भुसालले ट्यांकर र पम्पहरुलाई चुस्त-दुरुस्त राख्न आग्रह गर्नुभयो । अहिले आधा दिनलाई नपुग्ने पेट्रोलको भण्डारण क्षमता यसै आर्थिक वर्षभित्र ३/४ दिनलाई पुग्ने गरी बृद्धि गर्न लागिएको भन्दै प्रबन्धक भुसालले निगमका आन्तरिक कमजोरीलाई सुधार गर्दै क्याण्टिन, शौचालय निर्माण र पार्किङ्ग व्यवस्थापनसँगै अन्य भौतिक संरचना निर्माणका कामलाई तीब्र रुपमा अगाडि बढाइने बताउनु भयो ।

कार्यक्रममा बोल्दै निगमका लेखा प्रमुख रमेश ज्ञवालीले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि भण्डारण क्षमता बृद्धि गरी व्यावसायीहरुको मागलाई सम्बोधन गर्ने कुरामा निगमले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

कार्यक्रममा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले भलवारी डिपोको भण्डारण क्षमता बृद्धि गर्न माग गर्दै निगमको नेतृत्वले यस क्षेत्रका पेट्रोलियम तथा ट्यांकर व्यावसायी र चालक मजदुरहरुसँग समन्वयात्मक भूमिका खेलेका कारण यस क्षेत्रका व्यावसायीले राहतको महशुस गरेको बताउनु भयो । उहाँले हालको समन्वय, सहकार्य र एकतालाई कायम राख्दै सिंकेज लस, वर्किङ लस र चुहावटलाई नियन्त्रण गरी इन्धन ढुवानीका ट्यांकरमा भइरहेको लकिङ प्रणालीलाई थप प्रभावकारी बनाउन सबै लाग्नुपर्ने पनि बताउनु भयो ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका पूर्वअध्यक्ष राजेन्द्र गुप्ताले इन्धनको सहज आपूर्तिका कारण यस क्षेत्रका व्यावसायीहरुले इन्धनका लागि निगम धाउनुपर्ने बाध्यताबाट मुक्ति पाएको भन्दै निगम व्यवस्थापन प्रति धन्यबाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा पश्चिमाञ्चल ट्यांकर व्यावसायी संघका अध्यक्ष राकेश कशौधन, नेपाल यातायात मजदुर संगठनका अध्यक्ष राजेन्द्रबहादुर चलाउने, टंयाकर चालक संघका अध्यक्ष नवराज पाण्डे लगायतले बोल्दै डिपोमा भण्डारण क्षमता बृद्धि र भौतिक पूर्वाधारको सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सो अवसरमा निगमको आपूर्ति व्यवस्थापन लगायतका कार्यमा योगदान पुर्‍याएको भन्दै पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपाने, पश्चिमाञ्चल ट्यांकर व्यावसायी संघका अध्यक्ष राकेश कशौधन, नेपाल यातायात मजदुर संगठनका अध्यक्ष राजेन्द्रबहादुर चलाउने र ट्यांकर चालक संघका अध्यक्ष नवराज पाण्डेलाई सम्मान गरिएको थियो ।

लेफ्ट रिभ्यु अनलाइनसँग कुराकानी गर्दै निगमको ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) को अवसर पारेर निगमको प्रादेशिक कार्यालयले आयोजना गरेका खेलकुद तथा अतिरिक्त क्रियाकलापमा भाग लिएर विजयी भएका खेलाडीहरुलाई मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको खेलकुद संयोजकसमेत रहनुभएका लेखा प्रमुख रमेश ज्ञवालीले जानकारी दिनुभयो ।

ज्ञवालीका अनुसार निगमले आयोजना गरेको ब्याडमिण्टन प्रतियोगिता डबलमा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका विशाल गैरे र सूर्य देबे प्रथम तथा ट्यांकर चालक संघका प्रेम घर्ती मगर र नितेश जैसवाल द्वित्तीय हुनुभएको थियो ।

यस्तै चम्चा दौड पुरुषमा अजय पासवान प्रथम र गोविन्द चौधरी द्वितीय, महिलातर्फ चन्दा चौधरी प्रथम र इन्दिरा भण्डारी द्वित्तीय हुनुभएको थियो । यस्तै म्युजिकल चेयरमा जवाहरकुमार यादव र पुष्पा ढकाल प्रथम तथा अकवर अली र चन्दा चौधरी द्वित्तीय हुनुभएको थियो भने हण्डी फोरमा सरोज पट्टेल प्रथम हुनुभएको थियो ।

यस्तै ५०० मिटर दौडमा पुरुष तर्फ विष्णुदेव चौधरी र महिलातर्फ इन्दिरा भण्डारी प्रथम हुनुभएको छ । यसैगरी पेट्रोल पम्प भैरहवा र निगमको लेखा प्रशासन बिच भएको डोरी तान्ने प्रतियोगितामा पेट्रोल पम्प भैरहवाका नरिमान खाती, इरसाद अली, तफजुल हुसेन, खेमराज चौधरी र अर्जुन शर्मा पन्थीको टोली प्रथम र लेखा प्रशासनका विरेन्द्र यादव, राजकुमार अधिकारी, राजेन्द्र गुप्ता, विनोद विष्ट र शैलेन्द्र भुसालको टोली द्वितीय भएको खेल संयोजक ज्ञवालीले जानकारी दिनुभयो ।

निगमको प्रादेशिक कार्यालय, भलवारीमा स्वर्ण जयन्ती समारोहका केही झलकहरूः-

Nepal Oil Corporation, nigam, NOC, Golden Jubilee,

 

Nepal Oil Corporation, nigam, NOC, Golden Jubilee,

Nepal Oil Corporation, nigam, NOC, Golden Jubilee,

Nepal Oil Corporation, nigam, NOC, Golden Jubilee,

Nepal Oil Corporation, nigam, NOC, Golden Jubilee,

Nepal Oil Corporation, nigam, NOC, Golden Jubilee,

Nepal Oil Corporation, nigam, NOC, Golden Jubilee,

Nepal Oil Corporation, nigam, NOC, Golden Jubilee,

Nepal Oil Corporation, nigam, NOC, Golden Jubilee,

Nepal Oil Nigam, corporation, Golden jubilee

Nepal Oil Corporation, nigam, NOC, Golden Jubilee,

Nepal Oil Corporation, nigam, NOC, Golden Jubilee,

Nepal Oil Corporation, nigam, NOC, Golden Jubilee,

Nepal Oil Corporation, nigam, NOC, Golden Jubilee,

Nepal Oil Corporation, nigam, NOC, Golden Jubilee,