Chairman prachanda with province chiefs अध्यक्ष प्रचण्डसँग सातै प्रदेश का प्रमुखहरूको भेट
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेश का प्रदेश प्रमुखहरुले भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा प्रदेश प्रमुखहरूले प्रदेश कार्यालयमा भएका समस्याहरू लगायतका विविध विषयहरुमा कुराकानी भएको थियो भने संघीयताको कार्यान्वयनका सम्बन्धमा आफ्नो अनुभव सुनाउनुभएको थियो ।

सो अवसरमा अध्यक्ष प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरुका बारेमा पार्टी र सरकारमा छलफल गरेर समस्याको यथाशीघ्र समाधान गर्न प्रयत्न गर्ने बताउनुभयो ।

नेपलको संविधान २०७२ लागु भएपछि देश संघीय संरचनामा प्रवेश गरेसँगै ७ प्रदेशमा प्रदेश प्रमुखहरूको व्यवस्था भएको छ । यतिबेला प्रदेश नं. १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश नं. २ मा तिलक परियार, प्रदेश नं. ३ मा विष्णुप्रसाद प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नं. ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त त्रिपाठी प्रदेश प्रमुख हुनुहुन्छ ।