lekh raj bhatta, rakesh, minister for indusrty
 

काठमाडौँ । उपभोग्य वस्तुको कालोबजारी गर्नेलाई सरकारले ५ वर्ष कैद गर्ने निर्णय गरेको छ । शुक्रवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री लेखराज भट्ट ‘राकेश’को अध्यक्षतामा बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो ।

कोरोना भाइरसको त्रासको कारण उपभोग्य वस्तुका कृत्रिम अभाव हुन नदिन सरकारले यस्तो निर्णय लिएको हो ।

कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला ग्यासको कालोबजारी भएका कारण उपभोक्ताले नपाएको हुन सक्ने सरकारको भनाइ छ । मन्त्रालयले ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज गर्ने निर्णय पनि गरेको छ।