Dilip kumar saha, leadr ncp, member of provincial parliament
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता तथा प्रदेश नं. २ का प्रदेश सभा सदस्य क. दिलिपकुमार साह ले कमला नदीको किनार सहित तराईका विभिन्न स्थानमा विभिन्न तरकारी खेती गरेका किसानहरूको हजारौँ विघाको तरकारी विक्रि सम्भव नभएकोले ती किसानहरूलाई क्षतिअनुसारको राहत उपलब्ध गराउन माग गर्नु भएको छ ।

प्रदेश सांसद क. दिलिपकुमार साह ले आज एक विज्ञप्तिमार्फत विश्वव्यापी महामारी कोरोना भाइसको कारणले मानव जगत नै संकटमा परेको अवस्था भएको भन्दै सरकारले जारी गरेको लकडाउनका कारणले सिराहा र धनुषाको सिमानामा रहेको कमला नदीको बगरमा फलफूल र तरकारी खेती गर्दै आएका किसानको लाखौँको लागत समेत डुब्ने खतरामा रहेको उल्लेख गर्दै  कर्जन्हा, कल्याणपुर, सिराहा नगरपालिका लगायतका किसानहरु हजारौँ विघामा लगाएका तरबुजा र तरकारी अहिले बजारमा जानुपर्ने बेला बजार व्यवस्थापन नभएर खेतमै कुहिने अवस्था सिर्जना हुँदा गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।

वक्तव्यमा क. साहले, “तरबुजा, काँक्रो, करेला लगायत काठमाडौँ र इटहरीसम्म पुग्ने गरेपनि यस वर्ष विक्रि गर्न नसकेको कारण तीन महिनादेखिको मेहनत, लगानी खेतमै नष्ट हुने भएको छ” भन्दै “संघीय सरकार, प्रदेशनं. २ सरकार लगायत सम्बन्धित सबै निकायसँग समयमै बजार व्यवस्थापन र क्षतिको हिसाबले राहत उपलब्ध गराइदिन जोड्दार माग” गर्नु भएको छ ।

विज्ञप्तिको पूर्ण पाठः

विश्वव्यापी महामारी कोरोना भाइसको कारणले मानव जगत नै संकटमा परेको अवस्था छ । सरकारले जारी गरेको लकडाउनका कारणले सिराहा र धनुषाको सिमानामा रहेको कमला नदीको बगरमा फलफूल र तरकारी खेती गर्दै आएका किसानको लाखौँको लागत समेत डुब्ने खतरामा रहेको छ । सिराहा जिल्लाका कमला नदीसँग जोडिएका विभिन्न नगरपालिकाका किसानहरु कमलाको बगरमा विभिन्न प्रकारका फलफूल तथा तरकारी खेती गर्दै आएका छन् । कर्जन्हा, कल्याणपुर, सिराहा नगरपालिका लगायतका किसानहरु हजारौँ विघामा लगाएका तरबुजा र तरकारी अहिले बजारमा जानुपर्ने बेला बजार व्यवस्थापन नभएर खेतमै कुहिने अवस्था सिर्जना हुँदा गम्भीर ध्यानाकर्षण भएको छ ।

तरबुजा, काँक्रो, करेला लगायत काठमाडौँ र इटहरीसम्म पुग्ने गरेपनि यस वर्ष विक्रि गर्न नसकेको कारण तीन महिनादेखिको मेहनत, लगानी खेतमै नष्ट हुने भएको छ । कर्जन्हा नगरपालिकामा मात्रै पाँच सय विघामा भइरहेको तरबुजा र काँक्रोको खेती नष्ट हुने स्थितिमा छ । किसानहरुको लगानी डुब्ने तथा ऋणको भारी बोक्नुपर्ने अवस्था छ । तसर्थ, संघीय सरकार, प्रदेशनं. २ सरकार लगायत सम्बन्धित सबै निकायसँग समयमै बजार व्यवस्थापन र क्षतिको हिसाबले राहत उपलब्ध गराइदिन जोड्दार माग गर्दछु ।

दिलिपकुमार साह
प्रदेश सांसद, प्रदेश नं. २

मिति : २०७७/०१/२५