माणिकलाल श्रेष्ठ, manik lal shrestha
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्ती नेता प्रा. माणिकलाल श्रेष्ठको निधनले नेपालको सिङ्गो वामपन्थी आन्दोलनमा अपूरणीय क्षति भएको बताउनु भएको छ । आज वरिष्ठ वामपन्थी नेता तथा साम्राज्यवाद विरोधी अभियन्ता प्रा. माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएपछि शोक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले उहाँको निधनले आफू स्तव्ध भएको बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डद्वारा आज जारी शोक वक्तव्यमा प्राध्यापक माणिकलाल श्रेष्ठलाई नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर बताउँदै उहाँको निधनले स्तव्ध बनाएको उल्लेख गर्नु भएको छ ।

शोक वक्तव्यमा भनिएको छ, “नेपालको कम्युनिष्ट आन्दोलनका धरोहर तथा प्राध्यापक माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा भएको निधनको खबरले हामीलाई स्तब्ध बनाएको छ । प्राध्यापक श्रेष्ठको निधनले नेपालको सिंगो वामपन्थी आन्दोलनमा अपूरणीय क्षति पुगेको छ ।”

“हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दिवंगत प्राध्यापक श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोक सन्तप्त परिवारजन तथा आफन्तजनप्रति समवेदना प्रकट गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

शोक वक्तव्यको पूर्णपाठः

नेपालको कम्युनिष्ट आन्दोलनका धरोहर तथा प्राध्यापक माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा भएको निधनको खबरले हामीलाई स्तव्ध बनाएको छ । प्राध्यापक श्रेष्ठको निधनले नेपालको सिंगो वामपन्थी आन्दोलनमा अपूरणीय क्षति पुगेको छ ।

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दिवंगत प्राध्यापक श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोक सन्तप्त परिवारजन तथा आफन्तजनप्रति समवेदना प्रकट गर्दछ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)